• काठमाडाैं । माओवादी आन्दोलनमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका मोहन कार्की ‘जीवन्त’ले नयाँ रहस्य उद्घाटन गर्नुभएको छ । कार्कीले घटना र विचारसँग कुरा गर्दै राजा वीरेन्द्रसँग माओवादीको लिखित सम्झौता रहेको बताउँदै यससँग सम्बन्धित तथ्यहरू उजागर गर्नुभएको हो । उहाँको भनाइ छ– ‘२०५८ सालको जेठमा राजा वीरेन्द्रको वंश नास नभएको भए केही महिनाभित्रै प्रचण्ड र राजा वीरेन्द्रबीच ‘पावर सेयरिङ’ भएर मुलुकले नयाँ मोड लिने निश्चित थियो ।’

    घटना र विचारमा खबर छ-पछिल्लो समय विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य रहेका मोहन कार्कीले दशवर्षे युद्धकालमा कथित ताम्सालिङ प्रदेशको सभामुख र पेसागत सङ्गठनको ब्युरोप्रमुखलगायत अनेक महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको थियो । तर, उहाँ यतिबेला आफूलाई स्वतन्त्र वामपन्थी भन्न रुचाउनुहुन्छ, विप्लवसँग सम्पर्कमा हुनुहुन्न र अन्य कुनै दलसँग जोडिनुभएको पनि छैन ।

    विप्लवसँग वैचारिक मतभिन्नता रहेकै अवस्थामा गत वर्षको चैतमा पक्राउ परेर चार महिनापछि हिरासतमुक्त हुनुभएका कार्कीले एउटा देशभक्त, इमानदार र परिवर्तनप्रति प्रतिबद्ध नेताका रूपमा विप्लवलाई साथ दिएको, तर छापामार शैलीका हिंसात्मक युद्धमा आफ्नो असहमति रहँदै आएको स्पष्ट गर्नुभएको छ ।

    हिंसात्मक युद्धकालमा संसदीय फाँटका विभिन्न राजनीतिक दलका नेता तथा अन्य शक्तिकेन्द्रसँग सम्पर्क र संवादका निम्ति खटाइएका मोहन कार्की माओवादी विभाजन हुँदा मोहन वैद्यतिर लागेको र वैद्यसँग विप्लव छुट्टिएपछि विप्लवतिर लाग्नुभएको थियो । अगाडिको राजनीतिक यात्राबारे अनिर्णयको अवस्थामा रहनुभएका उहाँसँग घटना र विचारले केही जिज्ञाशा प्रकट गर्दा राजा वीरेन्द्रसँग प्रचण्डको लिखित सम्झौता भएको तथ्य उजागर गर्नुभएको हो ।

    त्यस सम्बन्धमा थप स्पष्ट गर्दै कार्कीले भन्नुभएको छ– ‘दशवर्षे युद्धकालमा माओवादीले सबै दलसँग आफ्नो रक्षाका लागि सम्बन्ध राखेको थियो । राजा वीरेन्द्रसँग चाहिँ उच्च तहको राजनीतिक समझदारी बनेको थियो । उहाँका कान्छा भाइ धीरेन्द्र हामीसँग निरन्तर सम्पर्क र संवादमा हुनुहुन्थ्यो । उहाँहरू प्रचण्डलाई असाध्यै मन पराउनुहुन्थ्यो र, काङ्ग्रेस–एमालेलाई पाखा लगाएर प्रचण्डसँग पावर सेयरिङ गरी मुलुकलाई नयाँ मोडमा लैजान चाहनुहुन्थ्यो । दुई महिना मात्र दरबार हत्याकाण्ड नभएको भए प्रचण्ड र राजा वीरेन्द्रबीचको सम्झौताअनुरूप मुलुक अघि बढेको हुन्थ्यो ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…