• उर्लाबारी÷मोरङको उर्लाबारीस्थित त्रिकाल परिवार फाउण्डेशनका प्रतिनिधिहरुले वक्राह नदी तटबन्धका लागि विनियोजित १६ लाख रुपैयाँ हिनामिना नगरेको दाबी गरेका छन् । उनीहरुले शुक्रबार उर्लाबारीको दुर्गापुरीमा पत्रकार सम्मेलन गरी आफूहरुमाथि लागेको आरोपको खण्डन गरेका हुन् ।

    गत असारमा वक्राह नदीमा आएको बाढीले उर्लाबारी–८ स्थित सन्थाल बस्ती प्रभावित भएको थियो । बस्ती जोगाउन त्यस ठाउँमा गरिएको अस्थायी तटबन्धका लागि कोशी वक्राह नियन्त्रण कार्यालय विराटनगरले १६ लाख रुपैयाँ निकासा गरेको थियो । फाउण्डेशनका प्रतिनिधि नारायण बस्नेत र इन्द्र लामाले बाँस खरिद,एक्जाभेटर खर्च र मजदुरहरुको रोजीरोटीका लागि सो रकम खर्च गरिएको बताएका छन् । नदी नियन्त्रणका लागि भएको बाँस खरिद र मजदुरहरुको पारिश्रामिक लगायतमा भुक्तानी गर्दा पुरै रकम खर्च भएको उनीहरुको भनाई छ ।

    तटबन्धको काम सकिएको भन्दा धेरै ढिलो गरेर गत असोज ३० गते मात्र रकम निकासा गरिएको उनीहरुको गुनासो छ । चाडपर्वको मुखैमा रकम भुक्तानी गरिएकाले हिसावकिताव सार्वजनिक गर्न ढिलाई भएको बस्नेतले बताए । खोला तटबन्धन गरेको कामको रकम पाएकोमा त्यसलाई कामको पैसा छुट्टीएको बुझ्न त्रिकाल परिवारलले आग्रह गरेको छ ।

    उनीहरुले त्यसअघि नै वक्राह नदी नियन्त्रणका लागि ९० लाख रुपैयाँ विनियोजन भएको र सो रकम हिनामिना भएको दाबी गरेका छन् । सो रकम बारे प्रदेश सभाका साँसद कुलप्रसाद साँवा जिम्मेवार रहेको बस्नेत र लामाले आरोप लगाएका छन् । तर, साँसद साँवाले ९० लाख रुपैयाँ निकासा भएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । ‘९० लाख निकासा भएको मलाई थाह छैन । त्यति सजिलै त्यत्रो रकम कसले दिन्छ’, साँवाले भने ।

    https://www.youtube.com/watch?v=J2gAztXzv3k

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…