• दाङ । तत्कालीन वेष्टर्न बैंंक हालको देव विकास बैंकको करीब १८ करोड घोटाला प्रकरणमा मुछिएका सञ्चालकहरु, सिइओ सहित ५६ जना विरुद्ध प्रहरीले मुद्धा चलाए पनि बैंकका सिइओ सहित सञ्चालकहरुलाई थुनेर कारवाही गर्न सकेन् ।

    अनुसन्धानकैक्रममा प्रहरीले एकैचोटी ब्यक्ति पक्राउ नगरेर बैंक हिनामिनामा संलग्न सिइओसहीत बैंक सञ्चालकहरुलाई भाग्न समय दिइयो ।

    सामान्य खातावालहरु पक्राउ गरेको प्रहरीले पछि सिइओ र सञ्चालकहरुलाई पक्राउ नगरेर अनुसन्धानको समय नसकिदासम्म भगाएको आरोप छ । जब प्रहरी सिइओ र बैंक सञ्चालहरुतर्फ अनुसन्धान केन्द्रित गर्ने बेला उनीहरु भागिसकेका थिए ।

    घोटाला काण्डमा सुरुमा तत्कालिन वेष्टर्न बैंकको व्राञ्च म्यानेजर समिर बुढाथोकी पक्राउ गरेको प्रहरी अनुसन्धानकैक्रममा लोन अधिकृत अनिल न्यौपानेलाई समातेको हो । बैंकको लोन अधिकृत पक्राउ हुँदासम्म सिइओ तत्कालिन वेष्टर्न बैंकमा थिए ।

    प्रहरीले लोन अधिकृतलाई वैंकको अफीसबाटै पक्राउ गर्यो । तर, सिइओलाई पक्राउ गरेन । जब सिइओलाई पक्राउ पुर्जि जारी गरेर प्रक्रन प्रहरीले तयारी गरेको बेला उनी सम्पर्क विहिन भएर थिए।

    त्यसपछि बैंक सञ्चालकहरुलाई पनि अदालतबाट पक्राउ पुर्जि ल्याएको प्रहरीले सिइओ समात्न खोजेको प्रहरीबाट सुचना पाउनासाथ उनीहरु पनि भागे । सामान्य खातावाला र लोन अधिकृतमात्रै प्रहरीले समायो ।

    जुन हिनामिना घटनामा आरोप लागेका बैंकका मुख्य जिम्मेवार ब्यक्तीहरुमध्ये ऋण समितिका सदस्य र बैँक सञ्चालक समितिका अध्यक्ष सुरुमै प्रहरीबाट पक्राउ पर्ने र हिरासतमा वस्नुपर्ने डरले भागिहाले ।

    ६० दिनको अनुसन्धानकाक्रममा भिआइपी अभियुक्तलाई प्रहरीले पक्राउ नगरेर छोड्यो । प्रहरीले आफै नै अदालतबाट पक्राउ पुर्जि ल्याए पनि उनीहरुलाई समाउन सकेन् ।

    प्रहरीले अदालतमा दायर गरेको मुद्धामा पनि मुख्य गरेर बैँक घोटालामा संलग्न भएको आरोप लागेका सिइओ, बैँक सञ्चालक समिति अध्यक्ष, अन्य सञ्चालक समिति सदस्यहरु, ऋण वोर्ड सदस्यहरु फरार रहेको जनाएको छ । प्रहरीसंग अहिले पनि सिइओ, सञ्चालक समिति र खातावालहरुलाई समात्न पक्राउ पुर्जि ल्याएपनि प्रहरीले वहाना बनाएर अझैसम्म पक्राउ गरेको छैन् ।

    सरकारी वकिल कार्यालयले बैँक हिनामिना प्रकरणमा तत्कालीन बेष्टर्न बैँकका सञ्चालकहरु बैंक सञ्चालक तथा ऋण वोर्डका सदस्य खड्ग बुढाथोकीसहित बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरु अर्जुन बुढाथोकी, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटामाथि बैंकिङ कसुर मुद्धा चलाइएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनु भयो ।

    त्यस्तै हिनामिना प्रकरणमा तत्कालीन बेष्टर्न बैँकका सिइओ खिमबहादुर डिसि, बैँकका कर्जा विभाग प्रमुख अनिल कुमार न्यौपाने, वुटवलका अडिटर प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसि, सहायक सिर्जना थापासहीत ६ जना र खाताको रकम दुरुपयोग गरेकोमा बसन्त बहादुर बस्नेतसहीत ४३ जनामाथि मुद्दा दर्ता गरीएको थियो । प्रहरीले स–साना मुद्धामा सर्वसाधारणलाई विभीन्न वहाना वनाएर दुख दिने गरेको भएपनि भिआइपि अभियुक्तहरुलाई पनि प्रहरी आफै नै भगाउने गरेको छ ।

    बैँक घोटालामा संलग्न बैँक सञ्चालक, सिइओसहित सबैमाथि अहिले सम्पत्ति छानविनका लागि सम्पत्ति शुद्धीकरण विभागमा मुद्धा परेको छ ।

    राष्ट्र बैँकले बैँकको घोटाला प्रकरणमा छानविन गर्नेक्रममै सुृरुमा नै उजुरी सम्पत्ति शुद्धीकरण विभागमा पनि पठाएको हो । जिल्ला प्रहरी कार्यालय दाङले बैँक घोटाला छानविनकै क्रममा राष्ट्र बैँकले पनि जिप्रका दाङ र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएको जनाएको छ ।

    राष्ट्र बैंकको उजुरीपछि शुद्धीकरण विभागले सबैको विवरण लगिसकेको पनि दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराइले जानकारी दिनु भयो ।

    उहाँले सुरुमै राष्ट्र बैंक, सिआइबी र जिप्रका टोलीले अनुसन्धान गर्नेक्रममा राष्ट्र बैँकबाट सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परीसकेको र प्रहरी वैँक घोटाला अनुसन्धानकाक्रममा पनि सम्पत्ति शुद्धीकरण गर्नुपर्ने निष्कर्ष निकालिएको बताए ।

    ‘देव विकास बैंकमा भएको १८ करोड रकम हिनाहिना प्रकरणमा उच्च अदालत तुलसीपुरले पाँच जनालाई थुनामा राख्न, चार जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा छोड्न आदेश दिइसकेको छ ।

    बैंकको १८ करोड बढी हिनामिना प्रकरणमा ५६ जना प्रतिवादीमध्ये १३ जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सकेको छ । अन्य सबै ४३ जना फरार प्रतिवादीको हकमा कानुन बमोजिम म्याद जारी गरेर कारवाही अगाडि बढाउन अदालतले निर्देशन दिएको छ ।

    विजयकुमार श्रेष्ठको जाहेरीले पक्राउ परेका बैंक म्यानेजर बुढाथोकीसहित सरकारी वकिलको कार्यालयले ५६ जना प्रतिवादीविरुद्ध अदालतमा आइतबार बैंकिङ कसुर सम्बन्धी मुद्दा पेश गरेको थियो । वाणिज्य इजलासमा १३ जना प्रतिवादीलाई भने अभियोग पत्रसाथै पेश गरिएको थियो ।

    बैंकका म्यानेजर बुढाथोकी पक्राउ परेपछि उनको बयानका आधारमा अन्य १२ जनालाई पक्राउ गरेर प्रहरीले झन्डै ६० दिन थुनामा राखी अनुसन्धान गरेपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।

    घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुरस्थित तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक तथा हालको देव विकास बैंकबाट उक्त रकम हिनामिना भएको मुद्दा देव बैंकका विजयबहादुर श्रेष्ठले दायर गरेका थिए ।

    गत असारमा मात्रै वेष्टर्न डेभलपमेन्ट बैंक देव विकाससँग मर्ज भएको थियो । त्यस्तै दाङको प्रहरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रशाद प्याकुरेलमाथि हातपात गर्नुका साथै प्रहरीलाई वर्दिमै उचालेर फाली अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ परेका सत्तारुढ पार्टीका नेता विवेक श्रेष्ठलाई तिन दिन हिरासतमा राखेर छाड्यो ।

    तत्कालि एसपी वेल पाण्डेले मुद्धा दर्ता गरे लगत्तै झन्डै तिन महीना श्रेष्ठ भागेका थिए । अहिलेका दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराई लचिलो भएकै कारण उनी छुटे । एसपी भट्टराई आए लगत्तै चाडपर्वमा दाङमा ब्यापकरुपमा जुवाहरु भएका छन् ।

    प्रहरीले जुवा खेलाउनेलाई पक्राउ गरेपनि सोही दिन तारेखमा छुटे । भट्टराई आफै पनि वढुवा नपर्ने पो हुँ कि भनेर खासै रिस्क लिन चाहदैनन् ।

    प्रहरीभित्र भट्टराइको पर्फमेन्स साह्रै कमजोर रहेको छ । लमहीवाट जुवामा पक्राउ परेका कांग्रेस नेताहरुलाई चार दिनमै राजनितिक दवावमा एसपीले छाडिहाले ।

    यसअघि पनि चोरीको सुन किनेको आरोपमा शाक्य गहना पसलका सञ्चालकका वावु छोरा हेमराज शाक्य र सुवास शाक्य विरुद्ध मुद्धा चलाएको प्रहरीले तारेखमा छाडेका अभियुक्तलाई फरार भनेर पक्राउ गरेन् ।

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…