• विराटनगर / भारतीय नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै विराटनगरमा भारतविरुद्ध प्रदर्शन भएको छ ।

    अनेरास्ववियू मोरङ जिल्ला कमिटिको आयोजनामा आज भएको प्रदर्शनमा सहभागीहरुले भारतले दादागिरी देखाउँदै नेपालको लिपुलेक, कालापानी र लिम्पीयाधुरालाई आफ्नो नक्सामा राखेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

    जनआन्दोलन चोकबाट सुरु भएको प्रदर्शन हनुमान मन्दिर अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै प्लेकार्डसहित भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए । भारतविरुद्ध प्रदर्शन गरेका युवाहरूले सीमा मिचिँदा गोर्खालीहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

    भारतले नेपालको भू–भाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ । पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्प्याधुरालगायतको क्षेत्र भारतले आफ्नो नक्सामा समेटेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…