• उर्लाबारी । मोरङकी चेली मेचु धिमाललाई भ्वाइस नेपालमा विजयी बनाउन अभियान सुरु भएको छ ।
    उर्लाबारी–२ निवासी २५ बर्षीया मेचु भ्वाइस नेपाल दोस्रो संस्करणको टप १२ मा परेपछि स्थानीय सर्वजित भण्डारीको संयोजकत्वमा समिति गठन गरी मेचु धिमाल जिताउ अभियान सुरु गरिएको हो । शनिबार सञ्चार क्लब नेपाल उर्लाबारीका पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी मेचु धिमाल अभियानमा साथ र सहयोग गर्न अपिल गरिएको छ ।



    समितिका संयोजक भण्डारीले उर्लाबारीको शानको रुपमा मेचु धिमाललाई जिताउन अत्याधिक भोट गर्न आग्रह गरे । उक्त कार्यक्रममा मेचुका बुवा सन्तुलाल धिमाल, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, अभियानका सल्लाहकार राजकुमार योञ्जन, पत्रकार मिलनके राउतलगायतले बोल्दै मेचु धिमाललाई जिताउन लागि पर्ने प्रतिवद्धता जाहेर गरेका छन् । अभियानका सचिब मात्रिका धिमालले प्रतिभाशाली गायिका मेचुलाई भोट गर्न सबैलाई अनुरोध गरे ।

    https://www.youtube.com/watch?v=64w2pwlh3V0&fbclid=IwAR10xMTPiWnRs7KdoEFe0fvo8cDDWy8AkhUD11lDn0a9tV8yvpLNBTKp4pE

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…