• कात्तिक २३, धरान । मंसिर १४ गते हुने निर्वाचनलाई लक्षित गरी नेकपा धरानले चुनाबी प्रचारप्रसारलाई तिब्रता दिएको छ । गतसाता मेयरको उम्मेद्वार टुंगो लागेसँगै नेकपाले आफ्नो चुनाबी अभियानलाई तिब्रता दिएको हो । यसै सिलसिलामा आज धरानको ८ नं. वडामा घरदैलो तथा कोणसभा गरेको छ ।

    अभियानमा मेयर पदका प्रमुख दावेदार प्रकाश राई, संघिय सांसद जय कुमार राई, नेकपाका केन्द्रिय, प्रदेश जिल्ला नगर सदस्य, वडाका वडाध्यक्ष तथा सदस्यहरु सहित कार्यकर्ताहरुको सहभागिता थियो ।

    घरदैलो कार्यक्रममा उम्मेद्वार प्रकाश राईले धरानको विकासमा आफ्नो ठोस योजना रहेको भन्दै जनताका समस्या समाधान गर्न र धरानलाई आधुनिक विकसित शहरको रुपमा परिभाषित गर्न आफु लागि पर्ने बताए । नेकपाको जितले मात्र नगरको समुन्नत विकास हुने दावी राईको छ । यस्तै रार्ईले नगरको पर्यटन, औद्योगिक क्षेत्र लगाएतको विकास र व्यवस्थापनमा आफ्नो जोड रहने बताए ।

    संघिय सांसद जय कुमार राईले नेकपालाई जिताउन आग्रह गर्दै धरानलाई नमूना नगर बनाउने प्रतिबद्धता जनाए । उनले उपमहानगर नगरपालिकाको विकासका लागि लागिपर्ने प्रतिबद्धता जनाए ।

    यसअघि नेकपाले वडा नं ४, ५, ६ र २० मा कोणसभा तथा घरदैलो कार्यक्रम गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…