• काठमाडौं। काठमाडौं महानगरपालिका र सरकारको संलग्नतामा अतिक्रमण भएको टुँडिखेलको संरक्षणको माग गर्दै सरकारलाई दबाब दिने उद्देश्यले शुरु गरिएको ‘ अकुपाई टुँडिखेल ' मा व्यापक जनसहभागिता देखिएको छ।

    खुलामञ्चमा शनिवार विहान सुरु भएको अभियानमा आम नागरिकको व्यापक सहभागिता रहेको थियो। काठमाडौंका टोल टोलका नागरिकहरुले राष्ट्रिय झण्डा लिएर अभियानमा सहभागिता जनाएका थिए।

    अभियानमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा, पूर्व मन्त्रीहरु भिमसेनदास प्रधान र हिसिला यमी, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी, गायक योगेश्वर अमात्य, शिक्षाविद् केदारभक्त माथेमा सञ्चारकर्मीहरु रवि लामिछाने, ऋषि धमला तथा सर्वसाधारणहरूको सहभागिता रहेको थियो।

     

    ‘खुला ठाउँलाई खुल्लै राखौं’, ‘ पुर्खाको नासो जनताको हक ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका अभियानकर्मीहरुको सक्रिय सहभागितामा ‘अकुपाई टुँडिखेल ' गरिएको अभियानकर्मी सुसन वैधले बताए।

    खुलामञ्चमा भेला भएर अकुपाई टुँडिखेलको उद्घाटन गरेपछि संरक्षणको सन्देश दिन मानवसाङ्लो बनाएर घेरिएको सुसन वैधले बताए। वैधका अनुसार अकुपाई टुँडिखेल नामको यस्ता कार्यक्रम तीन महिनासम्म सञ्चालन गरिने छ।

     

    अभियन्ता र सहभागिहरुले सार्वजनिक रुपमा कार्यक्रम गरिने ठाउँलाई व्यवसायिक रुपमा प्रयोग गर्न दिएर टुँडिखेल बेच्ने महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यको निर्णयको विरोध गरेका थिए। उनीहरुले टुँडिखेल बेच्न नपाइने माग गर्दै नारा घन्काएका थिए।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…