• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने तयारी गरेका छन् ।

    प्रधानमन्‍त्री ओलीले मन्त्रिपरिषद्का सदस्य हेरफेर गर्ने तयारी गरिरहँदा सचिवालयका सदस्यले पदबाट राजीनामा दिएका हुन् ।

    मन्त्रिपरिषद् पुनर्गठनमा सहज होस् भनेर सचिवालयका सदस्यले राजीनामा दिएको स्रोतले बताएको छ ।

    मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने स्रोतको भनाई छ । मंसिरबाट लागू हुने गरी स्वेच्छिक रुपमा राजीनामा दिन लागेको सचिवालयका एक सदस्यले बताए ।

    प्रधानमन्त्री ओलीकै निर्देशनमा सबै सल्लाहकारले राजीनामा गर्न लागेका हुन् । मन्त्रिपरिषद् सदस्य हेरफेर गर्दा मन्त्री बनाउने नभए काम परे फेरि बोलाउनेगरी अहिले राजीनामा दिन लागिएको सचिवालय स्रोतले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…