• निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवाबाहेक वाईफाई सेवा पनि सुरु गरेको छ।कम्पनीले ‘रेडियो रिसिभर ट्रान्समिटर’मा आधारित रहेर पहिलोपटक यस्तो सुरु गरेको जनाएको छ।

    कम्पनीका अनुसार फोरजीका लागि प्राप्त फ्रिक्वेन्सीकै आधारमा यस्तो सेवा सम्भव भएको हो। जीएसएमका लागि प्राप्त फ्रिक्वेन्सीमार्फत नै उपलब्ध गराइने वाईफाई नेपालको सन्दर्भमा भने पहिलोपटक नै भएको कम्पनीको दाबी छ। एनसेलले हाल १८ सय ब्यान्डमा ११ मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी सेवा उपलब्ध गराइरहेको छ।

    कम्पनीका अनुसार तत्कालका लागि यो सेवा कैलालीको टीकापुरमा परीक्षणका रूपमा सञ्चालन गरिएको छ। इन्टरनेट सेवा प्रदायकको खास उपस्थिति नभएका क्षेत्रमा यस्तो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ।

    वायरलेस ब्रोडब्यान्ड इन्टरनेट प्रयोगका लागि राउटरको प्रयोग गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ। यस्तो राउटर कम्पनीले आफै निःशुल्क उपलब्ध गराउने छ।

    यद्यपि यो बजारमा उपलब्ध राउटरभन्दा फरक प्रकृतिको हुने कम्पनीले स्पष्ट पारेको छ। यस्तो राउटरले फोरजीका लागि प्रयोग भइरहेको फ्रिक्वेन्सी उपयोग गर्ने क्षमताको हुने पनि कम्पनीले जनाएको छ।यो खबर आजको गोरखापत्रमा छापिएको छ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…