•  

    म्याड्रिड । शनिबार रातिकाे खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ ले पराजित गरेकाे छ । उक्त खेलमा बार्सिलाेनाका लियोनल मेसीले डेड बल स्थितिमा दुर्लभ ह्याट्रिक गरेका थिए । मेसीकाे याे ३४ औं ह्याट्रिक हाे ।

    मेसीले पेनाल्टीबाट सुरुमै एक गोल गरेपछि प्रत्येक हाफमा फ्रि किकबाट दुई गोल गरे । सेल्टाका लागि लुकास ओलाजाले एक गोल फर्काए । खेलको अन्त्यमा सर्जियो बुस्क्वेटले चौथो गोल गरे ।

    उनले ह्याट्रिकको कीर्तिमानमा क्रिस्टियानो रोनाल्डोको पनि बराबरी गरेका छन् । बार्सिलोना र रियल म्याड्रिड दुवैको समान २५ अंक छ । गोल अन्तरमा बार्सिलोना शीर्षमा रहेको हो । एएफपी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…