• पथरी/ नेपाली भूमि लिम्पियाधुरा, कालापानी हुँदै लिपुलेकलाई भारतको नयाँ नक्सामा पारी सार्वजनिक गरेको विरोधमा मोरङको पथरीशनिश्चरे नगरमा पनि भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन गरेको छ ।

    शनिबार वडा नं. ३ पीपल चौकमा वडाबासी तथा राष्ट्रवादी नागरिक समाजले अतिक्रमित भूमि फिर्ता माग्दै भारतीय प्रधानमन्त्रीको पुतला दहन गरेको हो । ब्यानरसहितको कार्यक्रममा लिम्पियाधुरा हाम्रै हो, कालापानी हाम्रै हो, लिपुलेक हाम्रै हो, गो ब्याक इण्डियाजस्ता नाराहरूको प्ले–कार्ड बोकी नारा लगाउँदै र्यालीसमेत गरेको थियो । जुत्ताको माला लगाइएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला बोकेर पीपल चौकदेखि करिब ३ किलोमिटर त्रिवेणी चौकसम्म नाराजुलुससहित ¥याली प्रदर्शन गर्दै चोकमा कोणसभा गरी पुतला जलाइएको थियो ।

    त्रिवेणी चौकमा प्रधानमन्त्री मोदीको पुतलालाई लात्तीले हान्नुको साथै लाठीले घोची–घोची अपमानित तरिकाले प्रदर्शन गरेका थिए । पुतला दहनपछि आयोजित कोणसभामा अर्जुन जम्नेली राई, तीर्थ आचार्य, खगेन्द्र लुइटेलले मन्तव्य राखेका थिए । वक्ताहरूले नेपाली भूमि अतिक्रमण गरी सार्वजनिक भएको नयाँ नक्सा खारेजी र त्यो भूमिबाट सुरक्षा फौज फिर्ता नगरे आम नेपालीहरू राष्ट्रिय युद्ध लड्न पछि नपर्ने चेतावनी दिएका थिए । नेपाल सरकार र विभिन्न दलका नेताहरू एकजुट भएर अतिक्रमित भूमि फिर्ताको पहल गर्न वक्ताहरूले आग्रह गरेका थिए । कार्यक्रममा शिक्षक कृष्णप्रसाद अधिकारीले राष्ट्रिय स्वाधीनतासम्बन्धी कविता वाचन गरेका थिए ।

    त्यसैगरी पथरीशनिश्चरे–१ पथरी चौकमा पनि भारतको नयाँ नक्सा र प्रधानमन्त्री मोदीको फोटो जलाएर विरोध गरेका थिए । जाली नक्सा खारेज गर, सुगौली सन्धी खारेज गर, मोदी सरकार मूर्दावादलगायतको नारा लगाएका थिए । विरोध कार्यक्रमको नेतृत्व नेपाली काङ्ग्रेसनिकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घका नेता सुविन पराजुलीले गरेका थिए । ¥यालीपछि भएको कोणसभामा अर्जुन किराती, प्रदीपकुमार राईलगायतले विचार राखेका थिए । कार्यक्रम सञ्चालन सञ्चारकर्मी विवेक न्यौपानेले गरेका थिए ।ब्लाष्ट खबर

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…