•  

    काठमाडौं। दक्षिण तर्फको छिमेकी राष्ट्र भारतबाट हालै सार्वजनिक गरेको नक्सामा नेपालको भूभाग मिचिएको विरोधमा जन प्रदर्शन भइरहेको बेला उत्तरतर्फको छिमेकी मुलुक चीनले मिचेको भूमी पनि अविलम्व फिर्ता गर्न माग गर्ने नारा सहित राजधानीमा बिरोध प्रदर्शन भएको छ।

    ‘मौलिक जरोकिलो पार्टी’ले छिमेकी मुलक भारत र चीन दुबैले मिचेको भूभाग फिर्ता गर्न माग गर्दै काठमाडौंको गोंगबुमा दबाबमुलक कोणसभा आयोजना गरेको हो ।

    शनिवार अपरान्ह ३ बजेदेखि ५ बजेसम्म नयाँ बसपार्क नजिकै बिजी मल अगाडिको खुला स्थानमा भएको कोणसभामा भारत र चीन दुबै देशले मिचेको भूमी नेपाललाई फिर्ता गर्न माग गरिएको थियो ।

    भारतले नेपालसंग सिमाना जोडीएका २३ जिल्लाको ७१ ठाउँमा र चीनले ४ जिल्लाको ११ ठाउँमा भूमी मिचेको भन्दै फिर्ताका लागि तत्काल पहल गर्न सरकारसंग आग्रह गरेको हो ।

    पार्टी प्रवक्ता लीला बहादुर बाँनियाले दुबै छिमेकीले मिचेको नेपाली भूमी फिर्ता गर्न सरकारले तत्काल पहल नगरे थप आन्दोलन चर्काउने चेतावनी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…