• एजेन्सी । भाविन तुरकिया र उनका भाइले शून्यबाट सुरु गरेको व्यवसाय अहिले अर्बौँ डलरमा परिणत भइसकेको छ । यसमा भाविनले आफ्नो सफलताको पूर्ण श्रेय पिताको एउटा सुझावलाई दिएका छन् र दाजुभाइ दुवैले बाल्यकालदेखि नै त्यही सन्देश शरण गर्दै आएको समेत उनले बताए । फोब्र्सका अनुसार भाइ दिभ्यांक सहित उनको कूल सम्पति १.३ अर्ब डलर बराबरको रहेको छ । उनले १९९८ मा १८ वर्षको उमेरमा २५ हजारको लगानीमा आफ्नो व्यवसाय सुरु गरेका थिए ।

    पिताले दिएको एउटै सुझावले आफूलाई सर्वाधिक सफल व्यक्ति बनाएको उनी बताउँछन् । उनले स्कुल पढ्दादेखि सफ्टवेयर कम्पनी स्थापना गरि सञ्चालन गर्दै आएका हुन् । ‘वेब होस्ट र डोमेन नेम’ रेजिस्टर गर्ने कामबाट उनीहरुले लाखौँ डलर कमाइसकेका छन् । उनले बीबीसीसँगको कुराकानीमा आफू अत्यन्तै साधारण परिवारबाट रहेको र पिताले दैनिक बिहान नौदेखि रातिको नौ बजेसम्म काम गरि घरव्यवहार चलाउने गरेको बताए । र आज उनी जुन स्थानमा पुगेका छन् त्यसका लागि पितालाई नै धन्यवाद दिएका हुन् ।

    उनी भन्छन्, “बुवाले दिनुभएको त्यो सुझाव म सानो हुँदादेखि नै हरेक क्षण दिमागमा आइरहन्थ्यो । कतिपय कुराहरु धेरै समयसम्म दिमागमा खेलिरहेपछि मात्र मनमा बस्छ भने जस्तैगरी त्यो कुराले पनि मेरो मनमा छोयो । उनको सन्देश अत्यन्तै साधारण र केबल एक वाक्यको थियो तर त्यसले नै मेरो जिन्दगी बदलिदिएको छ । उहाँ मलाई भन्नुहुन्थ्यो, ‘तिमीले एउटा कुरामा आफ्नो पूरा ध्यान लगायौ भने जतिसुकै ठूलो चिज भएपनि हासिल गर्न सक्नेछौ ।’ यही कुरालाई मैले आन्तरिक रुपमा मनन गरिरहेँ । यसले वास्तवमै तपाईँको आत्मविस्वास बढाउन सक्छ । यसपछि नै मलाई ‘फिजिक्सको फन्डामेन्टल ल’ अर्थात प्रकृतिको मूलभूत कानुन नतोडिने विश्वको जेसुकै उपलब्धी हासिल गर्न सम्भव भन्ने लाग्यो ।”

    उनले १० वर्षको उमेरदेखि नै ‘कोडिङ’ गर्न सुरु गरेका थिए । उनका पिताले समर्थनका रुपमा उनलाई कोडिङ र कम्प्युटरकै विषयमा धेरै किताबहरु ल्याइदिने गरेका थिए । उनी भन्छन्, “ मलाई कम्प्युटरसँग पहिलो नजरमै प्रेम भएको थियो । म त्यतिबेला आफ्नो सबै समय कम्प्युटर कोठामै बिताउने गर्दथेँ । हामी घरमा कम्प्युटर किन्न सक्ने अवस्थामा थिएनौँ । ” यसरी स्कुल पढ्दापढ्दै उनले आफ्नो पहिलो सफ्टवेयर स्थापित गरेका हुन् । उनले थप भनेका छन्, “मलाई सधैँ लाग्छ कि उद्यमी हुनका लागि केबल कल्पना नै पर्याप्त छ । किनकी यसले नै मलाई एउटा भिन्दै क्षेत्र र व्यवसायबारे नयाँ ‘आइडिया’ दिँदै आएको छ जस सम्बन्धी मलाई केही पूर्वज्ञान हुँदैन । त्यसैले मैले अहिलेसम्म पनि भित्रि रुपमा ‘म जे पनि गर्न सक्छु’ भन्ने कुरामा विश्वास राख्छु ।”

    यसरी उनले आफैँले स्थापित गरेका कम्पनी बिक्री गरि एक अर्ब भन्दा बढी आम्दानी गरेका हुन् । आज उनी दुई ठूला सफ्टवेयर कम्पनीका सफल कार्यकारी अधिकृत हुन् । उनले फेरि पनि दोहोर्याउँदै भने ‘फन्डामेन्टल ल अफ फिजिक्स’ नतोडिने जस्तोसुकै कुरा हासिल गर्न सम्भव छ ।”

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…