•  

    ‘विप्लब’ नेतृत्व समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कमिटीका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए।

    प्रतिनिधिसभा सदस्यसमेत रहेका नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विरोध खतिवडाले पार्टी प्रवेश गर्नेलाई टीका र खादा लगाएर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा नेकपा नेता खतिवडाले नेकपाको नेतृत्वमा रहेको वर्तमान सरकारले र सर्वहारा वर्गको हितमा काम गरिरहेको बताए। सरकारले राष्ट्रियताका पक्षमा काम गरिरहेको उनको भनाइ थियो । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…