• भक्तपुर । उपनिर्वाचनमा कांग्रेसलाई जिताउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले भक्तपुरबाट ‘तरूण निर्वाचन यात्रा सुरु गरेको छ । भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा क निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा काँग्रेसलाई जिताउन ‘काँग्रेस जिताऔं अभियान’ संचालन गरिएको तरूण दलका महासचिव भुपेन्द्रजंग शाहीले बताउनुभयो । महामन्त्री शाहीले भक्तपुरदेखि सुरु भएको अभियान पोखरा, बाग्लुङ, चितवन, दाङ हुँदै कोहलपुरमा गएर टुंगिने जानकारी दिनुभयो ।

    अभियानका क्रममा उपनिर्वाचन हुने विभिन्न निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरुको समन्वयमा चुनावी प्रचार, ¥याली, घरदैलो, सभा, तरुण युवासँग अन्तरक्रिया र मतदातासँग अन्तरसंवाद लगायतका कार्यक्रम हुनेछन् । महासचिब शाहीले कम्युनिस्ट सरकारको भ्रस्टाचार, अधिनायकवाद, लम्पसारवादको भण्डाफोर गर्दै काँग्रेस उम्मेदवारलाई विजयी गराउन अभियान संचालन गरिएको जानकारी दिनुभयो । यो अभियानमा सहभागी हुन सम्पुर्ण तरुण एबम् लोकतन्त्रप्रेमीहरुमा सक्रियता पुर्बक सहभागी हुन तरुण दलले आव्हानसमेत गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…