• उर्लाबारी, २५ कात्तिक÷ मुख्यमन्त्री शेरधन राईले छिट्टै प्रदेश–१ को नामाकरण टुंगो लगाइने आश्वासन दिएका छन् ।
    महागुरु फागुनन्द लिङदेनको १३५ औं जन्मजयन्तीको अवसरमा सोमबार मोरङको टाँडीमा आयोजित शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो आश्वासन दिएका हुन् ।
    यसअघि पनि यस्तै आश्वासन दिएका मख्यमन्त्री राईले कहिलेसम्म प्रदेशको नामाकरण गर्ने भन्ने चाही खुलाएनन् । देश विकास र समृद्धितर्फ लम्कीरहेको दाबी गर्दै राईले आफ्नो भाषणको लामो समय महागुरुको व्यक्तित्व र योगदान बारे चर्चा गरेका थिए ।
    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले आफूहरुले लिम्बुवानको मुद्दा नछाडेको बताउँदै प्रदेश–१ को राजधानी किरात लिम्बुवान राख्नुपर्ने बताएका छन् । लिङदेनले लिम्बुवानको माग पुरा नभए आन्दोलन नरोकिने चेतावनी दिए ।
    सोही अवसरमा किरात धर्मगुरु आत्मनन्द लिङदेनले महागुरुको पुर्ण कदको शालिक अनावरण गरेका थिए ।


    टाँडी माङहिमका अध्यक्ष शुक्रध्वज सङ्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा भरै साँझ चर्चित गायक ताराप्रकाश लिम्बुको प्रस्तुति रहने कार्यालय सचिव चन्द्र सङ्मीले जानकारी दिए

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…