• काठमाडौं, २५ कात्तिक । ओली सरकार भित्र मन्त्रिमण्डल फेरवदल गर्ने विषयले लामो चर्चा पायो । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् हेरफेरको विषयमा पटक पटक छलफल पनि भएकै हो ।

    त्यही क्रममै हिजो आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा छलफल भयो। केही नयाँ मन्त्री ल्याउने र केही हटाउने विषयमा छलफल भएको छ ।

    पूर्व नेकपा र पूर्व माओवादीबाट नाम तयार गरिदैछ । पूर्व माओवादीबाट गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री मातृका यादवलाई हटाउन तयारी थियो।

    तर, स्वयं प्रधानमन्त्रीले,'रामबहादुर थापालाई हटाउने भए मन्त्री विना मगरलाई पनि बाईबाई गरौं'भने पछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तनावमा परेको स्रोतले जनाएको छ ।

    पूर्व एमालेबाट महिला बालबालिकामन्त्री थममाया थापालाई हटाउने तयारी भएको छ । अरु नाममा विषयमा छलफल चलिरहेको छ । त्यसैगरि मन्त्री योगेश भट्टराईलाई भने नचलाउने सहमती भएको छ ।

    सञ्चारमन्त्री गोकूल बास्कोटालाई हटाउने या मन्त्रालय फेर्नेमा टुङ्गो लागेको छैन । अध्यक्ष ‘प्रचण्ड’ नेता सुवास नेम्वाङसहितका नेताको मत बास्कोटालाई हटाउनेपर्नेमा देखिएको छ ।

    त्यसै गरि प्रभु शाहलाई पनि मन्त्री बनाउने तयारी छ । उता प्रचण्डको दुत बनेर ओलीसँग वार्ता गर्दै आएका तत्कालिन सभामुख कृष्णबहादुर महरा हिरासतमा परे पछि पूर्व माओवादीका तर्फका अर्का नेता अग्नी सापकोटा पनि यतिबेला तनावमा परेका छन् ।

    पूर्व एमालेहरुले पार्टी र सत्ता संचालनमा आफुहरुलाई मोहोरा बनाएको पूर्व माओवादी नेताहरुको बुझाई छ स्रोत भन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…