रौतहट । बम विष्फोटका घाइतेलाई इटा भट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमको समर्थनमा गौरमा फेरि लुजुस निस्किएको छ ।
आलममाथि थुनछेक बहस चलिरहेकै बेला उनका सर्मथकहरुले दोश्रो पटक मौन जुलुस निकालेका हुन् । जुलुसमा नेपाली काङ्ग्रेसकै नेता तथा कार्यकर्ता पनि छन् । नेता आलमको निर्शत रिहाइको माग गदै मौन जुलुस लिकालिएको जुलुसमा सहभागी नेपाली कांग्रेसका नेताले बताए ।
बिपी चोकबाट निस्केको जुलुशले जिल्ला अदालत हुदै गौर भन्सार पुगेर टुंगिएको छ । यसअघि पनि यसैगरी मौन जुलुश निकालिएको थियो ।
राजपुरमा बम विष्फोटको मुख्य नाइके भन्दै १२ वर्षपछि रौतहट प्रहरीले गत असोज २६ गते आलमलाई गौरबाट पक्राउ गरेको थियो ।