रातोकलम अनलाइन।
क्वालालम्पुर,कार्तिक-२५
मलेसिया स्थित पर्देशी रेस्टुरेन्टको हलमा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द १३५औं जन्म जयन्ती समारोह आज किराँत धर्म तथा साहित्य उत्थान संघ मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको संयुक्त आयोजनामा भब्यरुपमा सम्पन्न भयो ।
किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाका केन्द्रीय उपाध्यक्ष पुर्ण तुम्बापोको सभापतित्वमा भएको उक्त समारोहमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका केन्द्रीय अध्यक्ष बिपिन राई, बिशिस्ट अतिथि किरात याक्थुम चुम्लुङ मलेसियाका केन्द्रीय अध्यक्ष दिल केरुङ लिम्बू , अतिथिहरु नेपाल तामाङ घेदुङ मलेसियाका केन्द्रीय कोषाध्यक्ष बिक्रम वाईबा तामाङ, तमाङ कलाकार संघ मलेसियाका केन्द्रीय अध्यक्ष फुत्बा दोर्जे तामाङ, किरात सेवा सावाका प्रतिनिधि हर्क लिम्बू, च्याब्रुङ कलाकार संघ मलेसियाका प्रतिनिधि तेजमान लिम्बू र ब्यबसायी अधिक तामाङ रहेका थिए ।
शुभकामना मन्तब्यको क्रममा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द वि.सं. १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका र उनले छोरीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने,सद्भाव र भातृत्व कायम गर्ने, आत्मनिर्भर बनाउने जस्ता सामाज सुधार गरेको हुनाले उनका जन्मजयन्ति एउटा महान दिन भएको बिशिस्ट अतिथि दिल केरुङले बताए ।
यसै गरि किरात भनेको जात होईन समय र सभ्यता हो तर राजनैतिक स्वार्थको कारण गलत अर्थ लागईएको बताए । महागुरु फाल्गुनन्दले समग्र नेपाली समाजको सुधारमा महत्वपुर्ण योग्दान गरेकोले महानगुरु फाल्गुनन्द जन्म जयन्ती सबै नेपालीले भब्यरुपमा मनाउनु पर्ने प्रमुख अतिथि बिपिन राईले बाताए । यस समारोहमा अतिथिहरु बिक्रम वाईबा तामाङ, फुर्बा दोर्जे तामाङ, हर्क लिम्बूले शुभकामना मन्तब्य दिएका थिए ।