• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा ठूलै हेरफेर गर्ने अन्तिम तयारी गरेका छन् । उनले सबै मन्त्रीहरुलाई राजीनामा दिन लगाएर राम्रो काम गरेका केही पुराना मन्त्रीसहित अरु नयाँ ल्याउने वा जसलाई हटाउन खोजिएको हो उनीहरूलाई मात्र राजीनामा दिन लगाएर नयाँ ल्याउने भन्ने दुवै विकल्पबारे छलफल भइरहेको छ।

    प्रधानमन्त्री ओलीले अफ्ना सहयात्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर ९ जना मन्त्री हटाउने सूचीमा राखेका छन् भने आकांक्षीहरूको संख्या ठूलो भए पनि नयाँ थपिने मन्त्रीहरूको सूची पनि तयार गरिसकेका छन्।

    ओलीले नेपाल कम्युनिस्ट पार्टीको झण्डै दुईतिहाइ बहुमतको सरकार बनेको करिब १ वर्ष ९ महिनापछि मन्त्रिपरिषदमा ठूलो हेरफेर गर्न लागेका हुन ।

    समाजवादी पार्टीका उपेन्द्र यादवले सरकार छाड्ने तयारी गरेकाले प्रधानमन्त्रीले उनको निर्णय पनि पर्खेका छन्। कात्तिक ३० गते समाजवादी सरकारबाट बाहिरिने सूचना आएकाले त्यो अवस्था पनि हेरेर मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी छ ।

    बाहिरिने मन्त्रीहरुमा उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ।

    बिदा हुन लागेका १० मध्ये यादव, खनाल र मगर पूर्वमाओवादीबाट हुन् भने बाँकी ७ जना पूर्वएमालेबाट छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…