बिराटचौक । नेपाल तरुण दल मोरङ्ग क्षेत्र नं ८ का तत्कालिन अध्यक्ष महेन्द्र धिमालको नियोजित आ,क्र,म,ण भन्ने बिषयले यतिबेला चर्चा पाएको छ ।
सोमबार उनी मोरङको खोर्साने र केराबारी बिचको जंगलमा मुर्छित अबस्थामा र,त्ता,म्य भेटिएका थिए । उनको टाउकोमा ग,म्भिर चोट देखिएको छ भने उनको हातमा थुप्रै ठाँउमा खुकुरीले काटेजस्तो चोट देखिन्छ । उनी भेटिएको घटनास्थलमा कहिँ कतै मोटरसाईकल दुर्घटना भएजसतो देखिँदैन,उनलाई रोकेर आक्रमण भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
उनलाई ज्यान मार्ने उद्देश्यका साथ अज्ञात समुहले सां,घा,तिक आ,क्र,म,ण गरि गम्भीर घाईते बनाएको भन्दै तरुण दल लगायत नेपाली काँग्रेसले घटना सत्यतथ्य छानबिनको माग गरिरहेको छ । यसैबिच ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर गुणराज बुढाथोकीले भने धिमाल दुर्घटनामा परी घाईते भएको बताएका छन ।
अचेत अवस्थामा भेटिएका धिमालको उपचार भईरहेको छ । उनको होस खुलेको समेत जनाईको छ । तरुण दलका स्थानीय नेता तथा काँग्रेसका स्थानीय नेताहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो देशभित्र स्वतन्त्रता पुर्वक हिडडुल गर्न पाउने, आफ्ना विचार राख्न पाउने तथा कुनै पनि राजनितीक बिचार अबलम्बन गर्न पाउने संवैधानिक हकको बिरुद्ध हुने जस्तासुकै गतिविधिको घोर भत्र्सना गरेका छन ।
कानुनी राज्यको प्रत्याभूति दिलाउन आक्रमणकारीको पहिचान गरि हदै सम्मको कानुनी कारबाही गर्न र नेपाली काँग्रेसका नेता कार्यकर्ता माथी श्रृङ्खलाबद्ध आ,क्र,म,ण नरोकिए तथा दोषिको पहिचान गरि कानुन बमोजिम कारबाही नभए कांग्रेसका भातृ संगठनहरु विधिको शासन लागू गराउने मामिलामा जस्तोसुकै मूल्य चु,काउन समेत तयार भएको भन्दै केही स्थानीय नेताहरुले सामाजिक सञ्जालमा अपिल गरेका छन ।