• प्रख्यात एवम् सम्मानित पार्श्व गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी मंगेशकरको मुम्बईको ब्रीच केन्डी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

    छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो । लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– “लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ ।”

    स्वास फेर्न समस्या भएपछि ९० वर्षीया लतालाई मुम्बइको ब्रिज क्यान्डी अस्पताल पुर्‍याइएको पारिवारिक स्रोतले पनि पुष्टि गरेको खबर भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

    सन् १९४२मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकी छिन। उनी आशा भोसले, ह्रिदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी हुन।

    भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले कैयौं नेपाली गीत पनि गाएकी छन् । मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिईन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…