• काठमाडौ । भ्वाईस अफ नेपालको टप १२ मा पुग्न सफल मेचु धिमालको यतिवेला चर्चा चुलिएको छ । सन् १९९४ अगष्ट २८ मा मोरङको उर्लाबारीमा जन्मिएकी मेचुको प्रस्तुतिले दर्शक तथा जर्जहरुको मन छोएको छ , सोहि कारण उनी भ्वाईस अफ नेपालमा फड्को मारिरहेकी छिन् । भेजेटेरियन मेचुले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । पाँच फिट एक इन्च उचाइ भएकी मेचुलाई मन त यसै जितिन नै अब मत पनि जित्नुपर्ने भएको छ । जसको लागि पूर्वकी चेलीलाई जिताउने उदेश्यका साथ सर्वजित भण्डारीको नेतृत्वमा भोटिङको लागि समिति नै गठन भएको छ । समितिले बजार आसपास स्कुलकलेज र सामाजिक सन्जालमा भोटको लागि अपिल र प्रसारप्रसार तिब्र पारेको छ ।

    उर्लाबारी–२ की मेचु धिमाललाई जिताउन अभियान सञ्चालन गरिएको छ । मेचु पुर्वकै प्रतिभा भएकोले उनलाई जिताउन यस क्षेत्रका सबै एक जुट भएका छन् ।

    मेचु धिमाल जिताउ अभियान समितिका अर्थ सचिव बिजय धिमालले मुेचुको गायन प्रतिभाको प्रशंसा गर्दै उनलाई जिताउन सबैसँग अपिल गरेका छन् ।
    मेचुका बुबा सन्तुलाल धिमाल र आमा गिताकुमारी धिमालले आफ्नी छोरी मेचुलाई जिताउन सहयोगका लागि अपिल गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…