• कार्तिक २७, पथरी ।
    १७ बर्षीय किशोरीको गरिव, अशिक्षा वा दबावको कारण नाजायज संबन्ध रहन गयो, त्यसको असर बच्चा बस्न गयो, नाजायज र गरिवीका कारण घटना केहि समयको लागि ढाकछोप त भयो तर पेटमा हुर्किदै गएको बच्चा गाँउमा च्याउ सरी उम्रेका औषधी पसलले कमाउनै बाटो बन्यो ।
    कानुन बिपरी अवैधानीक तवरले छोटो सायमा बिना अनुभव पैसा कमाउन गर्वपतन गराउने औषधी पसलका कारण समाजमा यस्ता घटना घट्ने गरेको पाईन्छ । यो घटना एउटा प्रतिनिधी मात्र हो ।
    यस्ता कार्यमा गाँउघरका औषधी पसल र क्लिनिकहरुले संबन्धी सबै पक्षलाई पैसाको बुजोले मुख टाल्ने र स्वतन्त्र तरिकाले आफ्नो ब्यावसाय संचालन गर्ने गरेको पाईन्छ । यदि कहि कतै समस्या आएमा उनिहरु पावर र पहुचका आधारमा छुट्ने गरेको ज्वलन्त उदाहरण छ


                                                                        असुरक्षीत गर्भपतनद्धारा मृत शिशु

    मोरङको कानेपोखरी गाउँपालिका–६ की मेनुका दवाडीको करेसाबारीमा अबैध शिशुको शव फेला परेको छ । दवाडीले कातिक १९ गते मंगलबारका दिन करेसाबारीमा टमटर रोप्ने क्रममा खन्दा शिशुको हात निस्कीए पछी खैला बैला भएको थियो ।
    दवाडीको घर संगै टासिएको चेतना मेडिसियन सेन्टर तथा रमाईलो डायग्नोस्टिक सेन्टरमा नवजात शिशु जन्मीए पछि सो घटना ढाकछोप गर्न बच्चा पुरेको देखिन्छ ।
    कानेपोखरी ६ की १७ वर्षीय सुनिता विश्वकर्माले स्थानीय मेडिकल सेन्टरमा शिशु जन्माएर पुरेको आरोपमा प्रहरीले निगरानीमा राखेको छ भने अबैध सुत्केरी गराउने मेडिकललाई सोधपुछ गरि छाडिएको छ ।
    मेडिकलले भने ल्याब र औषधी बिक्री गर्ने अनुमति लिएको भएपपनि सुत्केरी गराउने अनुमती लिएको छैन ।
    १७ गते सोमवार साझको समयमा सोहि वडा वस्ने सुनिता विश्कर्मा र उनका वुवा छोरीको स्वास्थ्यमा समस्या आएको भन्दै स्वास्थ्य परिक्षण गराउन आएका थिए रातको समयमा त्यहा आएका उनिहरुको स्वास्थ्य परिक्षणका क्रममा किशोरीलाई रग्तस्राव भएपछि उपचार सम्भव हुन नसक्ने भन्दै अन्यत्र लैजान भनिएको थियो ।
    तर भोलिपल्ट मंगलवार साझको समयमा डायग्नोष्टि सेन्टर भएको घर पछाडीको मेनुका दवाडीको करेसावारीमा टमाटर रोप्ने क्रममा शिशुको हात फेला परेपछि अवैद्ध तरिकाले डाग्योनोष्टिकमा जन्म दिएको शिशुलाई त्यहा पुरेर घटना ढाकछोप गर्न लागिएको रहस्य वाहिर आएको हो ।
    १७ गते सोमवार साझको समयमा सोहि वडा वस्ने सुनिता विश्कर्मा र उनका वुवा छोरीको स्वास्थ्यमा समस्या आएको भन्दै स्वास्थ्य परिक्षण गराउन आएका थिए ।
    स्वाथ्य परिक्षण गराउने क्रममा पिसाव चेक गर्न ट्वाईलेट गएको तर संम्पर्कमा नआएको संचालक प्रकास धिमालले बताए ।


                                                                                        मेडिकल संचालक प्रकास धिमाल
    यता घटनाको विवरण वुझदा भने स्वास्थ्य सस्था संचालक धिमाल, शिशुको शव फेला पर्ने दवाडी र उपचारमा संलग्न स्वास्थ्य कर्मीका कुरा भने एक आपसमा बाझिएको छ ।
    किशोरीको उपचारमा प्रत्यक्ष समलग्न स्वास्थ्यकर्मी ल्याव टेक्निसियन र्सिजना घिमिरे र अनमी सावित्रा गुरुङलाई घटनाको वारेमा बुझदा आफुहरुले केहि वोल्न नमिल्ने भन्दै पन्छिए पछि घटना थप संकास्पद बनेको हो ।
    यस्तै स्वास्थ्य सस्था संचालक धिमाल र शिशुको शव फेला पर्ने दवाडीको कुरा सुन्दा उनिहरु विचमा भएको कुरा पनि आपसमा नमिल्दो रहेको छ ।
    दवाडीका अनुसार– विद्यालय वाट फर्किपछि टमाटर रोप्न करेसा वारीमा जादा टमाटर रोप्ने क्रममा वारीको पल्लो छेउमा खोस्रदा शिशुको हात फेला प¥यो त्यसपछि आफु सो वारेमा जानकारी गराउन स्वास्थ्य सस्थामा जादा संचालक धिमालले मलाई सवै थाहा छ मेडम तपाईले चिन्ता नलिनु भनेर फर्काएको उनि वताउछिन् ।
    यता फेरी तिनै संचालक धिमाल भने स्वाथ्य परिक्षण गराउने क्रममा पिसाव चेक गर्न ट्वाईलेट गएको तर संम्पर्कमा नआएको बताउछन् भने शिशुको शव फेला पर्ने दवाडीलाई फेरी सवै थाहा छ महिले मान्छे बोलाईसकेको छु भनेर पनि फकाईदिन्छन् जसको कारण घटना संकास्पद हो भनेर भन्न सक्ने अर्को आधार यहा भेटिएको छ ।
    प्रहरीले मेडिकल संचालक र सुत्केरी किशोरीलाई नियन्त्रणमा लिए पनि संचालकको कुनै कमजोरी नरहेको भन्दै छाडेको छ । गर्भवतिको स्वास्थ्य परिक्षण गर्न अनुमती नभएको सस्थाले गर्भवती किशोरीको स्वाथ्य परिक्षण गराउनु, अबैधानीक तवरले स्वास्थ्य सस्थामा गर्वपतन भएपछि घटनालाई ढाकछोप गर्न खोज्ने सस्थालाई विना अनुसञ्धान स्वतन्त्र रुपमा छोडिदिनु प्रहरी प्रशाशनको कमजोरी भएको स्थानियहरुको भनाई रहेको छ ।

                                                                              असुरक्षीत गर्भपतन गराउने मेडिकल 
    २०७६ बैशाखमा आफन्तकोमा गएका बेला नचिनेका पुरुषसंग यौन सम्बन्ध भएको र आफुले सो व्यक्ति को हो भनेर हाल नचिन्ने कुरा इप्रका पथरीलाई बयानको क्रममा भनेको प्रहरीले जनाएको थियो ।
    तर अहिले भने किशोरीले वयान फेरेकी छिन पक्राउ पश्चात स्वास्थ्यमा समस्या आएका कारण स्वास्थ्य परिक्षणका लागि प्रहरीले कोशी अञ्चल अस्पताल विराटनगमा लागि, ३ दिनको उपचार पश्चात घर फर्किएपछि लिएको वयानमा आफुसग शारिरिक समपर्क राख्ने पुरुषको नाम संजिव राई भएको बताएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख रामबहादुर ढकालले बताए । उनको अहिले खोजी कार्य भईरहेको छ ।
    ढकालका अनुसार किशोरीले घटनाको बास्तविकता लुकाउन खोजेको समेत बताएका छन् । २ पटकको प्रयासमा किशोरीले आफुसग समपर्क राख्ने पुरुषको नाम मात्र सार्वजनिक गर्नू ठेगाना थाहा छैन भन्नुले पुरुषलाई बचाउन खोजेको होकी भन्ने आशङका उत्पन्न भएको बताएका छन् ।
    यता ति किशोरीले परिवारमा समेत यस्तो कुनैपनि कुरा नबताएका कारण समस्या भएको परिवारको बुझाइ रहेको छ ।
    एका घरमा वस्दै आएको परिवारले पनि आफ्नो सन्तान ७ महिनाको गर्भवति हुदा सम्म थाहा नपाउनु कहा सम्मको जायज कुरा होला हामि आफै अनुमान लगाउन सक्छौ ।
    ति किशोरीले आफु शौचालयमा गएको अवस्थामा बच्चा जन्मिएको र आफैले पुरेको स्वीकारेको प्रहरीको भनाइ छ ।
    धुलो माटोमा पुरिएको अवस्थामा शिशु फेला परे पछि सबुत प्रमाण नहराओस भनी प्रहरीलाई खवर गरेको वडाध्यक्ष खड्ग बहादुर बस्नेत बताउछन ।
    शिशुको शव विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पोष्टमार्टम गरि अन्त्येष्टि गरिएको प्रहरीले जनाएको ।
    भने शिशु जिवित जन्मेकी थिईन या मृत भने अस्पतालको पोष्टमार्टम रिर्पोट आएपछि थाहा हुने र थप कार्वा्हिको प्रक्रिया अगाडी बढ्दै जाने ईलाका प्रहरी कार्यालय पथरीले बताइको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…