काठमाडौं । बारका तीन पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी तथा पूर्वमहासचिवद्वय रमण श्रेष्ठ र सुनील पोखरेलसहित ३३ अधिवक्ताको शक्ति प्रदर्शन गरेर रौतहटका जिल्ला न्यायाधीशलाई मनोवैज्ञानिक दबाबमा पार्ने आलमको रणनीति, पीडित र साक्षीलाई अपहरण गरेर बयान फेर्न लगाउने क्रम पनि जारी
अफ्ताब आलमलाई मुख्य अभियुक्त किटान गर्दै प्रहरीमा जाहेरी दिने राजपुर बमकाण्डका पीडितलाई प्रलोभन र धम्कीमा बयान फेर्न लगाउने कोसिस भएको छ ।
प्रहरीले घटनाको साक्षीका रूपमा प्रस्तुत गरेको घाइतेमध्येका गौरीशंकर राम चमारलाई आलम पक्षले बयान फेर्न दबाब दिएको खुलेको छ । नयाँ पत्रिकाबाट ।