•  

    काठमाडौं । नेपाल टेलिकमले ब्लक एसएमएस सेवा ल्याएको छ । यसबाट एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश पठाउन सहज हुन्छ ।

    नेपाल टेलिकमले ल्याएको यो सेवा विशेषबाट विशेष गरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्धसरकारी र गैरसरकारी निकायलगायत संघसंस्थाका लागि उपयोगी हुने जनाएको छ ।

    यसका साथै यसबाट व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिलाई एसएमएस (छोटो सन्देश) पठाउन सक्नेछन् ।
    यो सुविधासंघ संस्थाले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालय, विभिन्न ठाउँमा रहेका निर्देशनालयमार्फत र व्यक्तिगत उपभोक्ताले कम्पनीको अनुमति प्राप्त भ्यालु एडेड सर्भिस सेवाप्रदायक संस्थासँग सम्पर्क गरी सेवा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

    सेवा लिन सेवाप्रदायकले आफ्नो प्रस्ताव र अन्य कागजातका साथ प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ ।
    यो सेवा प्रिपेड प्रकृतिको भएको हुनाले एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुनेछ ।

    युजर नेम तथा पासवर्ड प्राप्त गरेपश्चात मात्रै टेलिकमको वेबसाइट प्रयोग गरी यो सेवा उपभोग गर्न सकिने टेलिकमले जनाएको छ ।
    नेपाल टेलिकमले सेवा लिन चाहने संघ–संस्थाले मासिक न्यूनतम १ हजार ५ सय एसएमएस पठाउनुपर्ने जनाएको छ ।

    सोभन्दा कम एसएमएस पठाउन चाहने संघ संस्थाले कम्पनीबाट अनुमति प्राप्त सेवा प्रदायकसँग सम्पर्क गरी लाभ लिन सकिनेछ । टेलिकमले एसएमएस संख्याको आधारमा शुल्क निर्धारण गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…