• काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले ब्रिक्स राष्ट्रहरुको सामाजिक सुरक्षा सम्झौतामाथि विचार विमर्श गर्न जोड दिएका छन् । ब्राजिलमा भइरहेको ब्रिक्स बिजनेस फोरमलाई सम्वोधन गर्दै मोदीले विश्वको आर्थिक विकासमा ब्रिक्स राष्ट्रहरुको ५० प्रतिशत योगदान हुने भएकाले यो सम्झौताको महत्वबारे चर्चा गरेका हुन् ।

    विश्वमा आएको मन्दीका बाबदूद ब्रिक्स राष्ट्रहरुले आर्थिक विकासमा योगदान दिँदै करोडौं मानिसलाई गरिबीबाट मुक्त गराएको मोदीले भने ।

    मोदीले ब्राजिलमा भारतीयको भिसा मुक्त प्रवेश दिने निर्णयप्रति राष्ट्रपति जायर बोल्सनारोप्रति आभार व्यक्त गरेका छन् ।

    उनले सन् २०२० को गणतन्त्र दिवसको निम्तोसमेत दिइसकेका छन् उता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा हुने भिक्टरी डे सेलिब्रेसनका लागि मोदीलाई निमन्त्रणा दिएका छन् ।

    ब्रिक्स देशहरुमा भारत, चीन, ब्राजिल, रुस र दक्षिण अफ्रिका रहेका छन् । ११ औं ब्रिक्स सम्मेलनमा मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, पुनि र बोल्सोनारोसंग बहुपक्षीय मुद्दामा चर्चा गरेका छन् ।

    चिनफिङसंग ब्यापार सम्बन्धमा समेत चर्चा गरेको बताइएको छ । मोदीले यदि आफूहरु ब्यापारिक साझेदारीमा सफल भए विश्वमै निकै अगाडि बढ्न सक्ने बताएका छन् ।

    २०१४ मा पहिलो पटक ब्राजिलमै भेटिएका मोदी–सीबीच आजका दिनमा निकै घनिष्ठता रहेको छ ।

    उनीहरुबीच सीमा सम्बन्धित मामिलामा बैठक गर्ने निर्णय समेत भएको छ । दुवै देशका सम्बन्धित मामलामा विशेष प्रतिनिधिहरुको एक बैठक बस्ने बताइएको छ ।

    नेपाली भूमिमा भारतीय र चिनियाँ पक्षबाट हस्तक्षेप भइरहेको भन्ने आरोप लागिरहँदा भारत र चीनबीचको आपसी छलफलले नेपालमा पनि प्रभाव–असर पार्न सक्ने देखिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…