काठमाडौ । भ्वाईस अफ नेपालको टप १२ मा पुग्न सफल मेचु धिमालको यतिवेला चर्चा चुलिएको छ । सन् १९९४ अगष्ट २८ मा मोरङको उर्लाबारीमा जन्मिएकी मेचुको प्रस्तुतिले दर्शक तथा जर्जहरुको मन छोएको छ , सोहि कारण उनी भ्वाईस अफ नेपालमा फड्को मारिरहेकी छिन् । भेजेटेरियन मेचुले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । पाँच फिट एक इन्च उचाइ भएकी मेचुलाई मन त यसै जितिन नै अब मत पनि जित्नुपर्ने भएको छ । जसको लागि पूर्वकी चेलीलाई जिताउने उदेश्यका साथ सर्वजित भण्डारीको नेतृत्वमा भोटिङको लागि समिति नै गठन भएको छ । समितिले बजार आसपास स्कुलकलेज र सामाजिक सन्जालमा भोटको लागि अपिल र प्रसारप्रसार तिब्र पारेको छ ।
उर्लाबारी–२ की मेचु धिमाललाई जिताउन अभियान सञ्चालन गरिएको छ । मेचु पुर्वकै प्रतिभा भएकोले उनलाई जिताउन यस क्षेत्रका सबै एक जुट भएका छन् ।
मेचु धिमाल जिताउ अभियान समितिका अर्थ सचिव बिजय धिमालले मुेचुको गायन प्रतिभाको प्रशंसा गर्दै उनलाई जिताउन सबैसँग अपिल गरेका छन् ।
मेचुका बुबा सन्तुलाल धिमाल र आमा गिताकुमारी धिमालले आफ्नी छोरी मेचुलाई जिताउन सहयोगका लागि अपिल गरेका छन् ।
https://www.youtube.com/watch?v=XgQgQxWk0p8