• काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उहाँकी निजी चिकित्सक डा.दिव्यासिंह शाह आवश्यक कागजातसहित २४ गते आइतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुट्नुभएको छ । विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लाग्नुभए पनि दुवैको उद्देश्य प्रमको स्वास्थ्यबारे परामर्श गर्नु नै भएको बालुवाटारस्रोतले जनाएको छ ।

    जनआस्था साप्ताहिकमा खबर छ–मिर्गाैला प्रत्यारोपणका अनेक विधि छन् । भएकै मिर्गाैलालाई नचलाई छेउमा अर्को राख्न सकिने उपायबारे पनि सल्लाह भइरहेको बताइन्छ । पुँजी विकास बचत तथा सहकारी, न्युरोडका अध्यक्ष तथा नेकपा कार्यकर्ता श्याम श्रेष्ठ (पुरानो घर सिन्धुपाल्चोक, हाल बौद्ध निवासी) ले आठ वर्षअघि दिल्लीको मेदान्त अस्पतालमा प्रत्यारोपण गराएपछि उहाँको शरीरमा ४ वटा किड्नी छ । सिंगापुरमा मिर्गाैला प्रत्यारोपणसम्बन्धी कानुनी जटिलता रहेको कारण यताको विकल्प अब टरेको बताइन्छ । प्रधानमन्त्रीले मिर्गाैला प्रत्यारोपणका लागि कि बैंकक, कि दिल्ली नै जानुपर्ने अवस्था छ ।

    अगष्ट ३१ तारिखमा नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले ‘हजुरको उपचार पहिला भारतमा भएको, स्वास्थ्यसम्बन्धी विवरण पनि उतै भएको कारण सबै व्यवस्था मिलाउँछाँै’ भनी आफ्ना प्रधानमन्त्रीको सन्देश सुनाएका थिए । अघिल्लो महिना नेपाल आएका राष्ट्रपति सि चिनफिङले पनि यसबारे चासो राख्दै चीनमै उपचारका निम्ति स्वागत गर्न तयार रहेको बताएको स्रोतको दाबी छ । तर, सबै कुराको विचार गर्दा अमेरिका नै सर्वोत्कृष्ट विकल्प हुने ठानिएको छ । नेकपाको एकीकरणमा पोलिट्व्युरो गठनबाहेकका सबै काम सकिएको छ । यस्तो अवस्थामा सबै काम टुंग्याएर उपचारका निम्ति बाहिर जाने तयारी चल्नु अस्वभाविक पनि हैन ।

    यसनिम्ति सरकार र पार्टीका कार्यभारको मात्रै ख्याल गर्नुपर्ने अवस्था छ । वामदेव गौतमलाई उपाध्यक्ष बनाएर अध्यक्ष प्रचण्ड र उहाँलाई पार्टी जिम्मा लगाउने र सरकारमा भरपर्दो मान्छेलाई कार्यवाहकको जिम्मेवारी दिने विकल्प अगाडि आएको छ । हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री कार्यालयको मन्त्री बनाएर प्रमुख सल्लाहकारको जिम्मेवारी दिने सम्भावना पनि उत्तिकै रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…