काठमाडौं / पुरस्कार प्राप्त गर्दा खुशी छु, तर आम नेपाली पत्रकारको आर्थिक अवस्था सबल नहुँदा बेला बेला सोचमग्न हुन्छु ।
नेपाली पत्रकारको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले दिने यस वर्षको ‘ईन्जा’ साहसी पत्रकारिता पुरस्कार ग्रहण गर्दै पत्रकार अजयबाबु सिवाकोटीले भने, पाएको पुरस्कारमध्ये २५ हजार रुपियाँ हिजो मात्र निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई सहयोग गर्ने घोषण गर्दछु।
राजधानीको थापागाउँस्थित लेखनकुञ्जमा शुक्रबार मात्रै इन्जाको नेपाल च्याप्टरले पत्रकार शिवाकोटीलाई एक कार्यक्रमबीच सो पुरस्कार प्रदान गरेको थियो।
‘नेपालको लोकतन्त्रमा नेपाली सञ्चार जगतले पुर्याएको योगदान सदा स्मरणीय छ। नेपाली प्रेस प्रभावशाली पनि छ’, कार्यक्रममा बोल्दै मानवअधिकारवादी नेता पहाडीले भने, ‘अब भने तपाईंहरु क्लाइमेट चेन्जको विषयमा गम्भिर हुनुपर्ने अवस्था आएको छ।’ विश्वकै सबैभन्दा बढी कार्वन्डाइअक्साइड उत्पादन गर्ने चीन र विश्वमै तेस्रो भारतको बीचमा रहेकाले पनि हाम्रो अवस्था चिन्ताजनक रहेको भन्दै उनले भने, ‘यसबारे बेलैमा सोचिएन भने अवस्था अझै चिन्ताजनक हुनेछ।’
पुरस्कारको राशी १ हजार अमेरिकी डलर यो पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै अर्का अतिथी पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले ‘वर्तमानमा अधिक समाचारहरु न्युजरुममै किल हुने अवस्था रहेको’ भन्दै चिन्ता व्यक्त गरे।
‘पत्रकारिताको अर्थ सत्यको उजार गर्नु हो, यो कसीमा अजयबाबु खरो उत्रको देखियो’, उनले भने, ‘अरु पत्रकारहरुले पनि यस्तो प्रकारको अभ्यास गर्नुपर्छ।’