• धरान / धराने माटोमा जन्म लिएर सर्दु खोलाको पानी खाएर सेउतीमा डुबुल्की मारेका तिलक राई धराने ढिटो हुन् । धरानको माटो हुर्केका धराने ढिटो तिलक राई अहिले धरानवासीसंग आशिर्वाद लिदै मत माग्न व्यस्थ छन् ।

    मसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक मेयर पदकालागि उमेदवारी दिएका तिलक राईलाइ अहिले धरानवासीसंग मत माग्न भ्याइ नभाइछ । हुन पनि हो तिलक राई धरानवासी आज सम्म सुख दुखको सारथि हुँदै आएका छन् ।

    धरानलाइ बिकाश र निकास दिने असल नेताको धरानमा अभाव खड्कि रहदा कांग्रेसका तिलक राई आफु धराने जनतालाई समृद्धि उन्मुख लैजान सारथि बन्न तयार र सक्षम रहेको बताउदै आइरहेका छन् ।

    पिता स्वगिर्य मित्रकुमार राई र माता स्वर्गीय गंगा राईको कोखबाट २०३१ साल कात्तिक २ गते धरानमा तिलकको जन्म भएको थियो। धरान १८ मा स्थायी बसोबास गर्दै आएका तिलकले डिपो माध्यमिक बिद्यालयबाट तत्कालिन एस.एल.सि.उत्तिण गरेका थिए ।

    तिलकले महेन्द्र बहुमखि क्यापस धरानबाट आइ। कम । सम्मको उच्च शिक्षाको अध्यन गरेका छन् । सानो उमेर देखिनै हक्कि स्बभाबका तिलक धरानम लोकप्रिय नेताको अग्रपन्तिमा नै छन् । युवाहरुको ढुकढुकी र बृद्धहरुको साहारको रुपमा तिलकलाई धराने जनताले बिश्बास र भरोसा गर्ने गरेका छन् । नेपाल बिद्यार्थी संघको राजनीतिबाट नेपाली कांग्रेसको राजनितिमा तिलक राजनितीमा होमिएका थिए ।

    २०७४ सालमा सम्पन स्थानीय तहको निर्वाचनमा धरानको मेयर पदमा उप बिजेता भएर चित्त बिझाएका तिलक राईले आगम मसिर १४ गते हुने मेयर पदकालाई पुर्न टिकट पाएका छन् । त्यो पनि सर्वसम्मत ।

    तिलको राजनितिक पृष्ठभूमि

    तिलकले २०४७ बाट नेपाली कांग्रेसमा आबद्ब भएर राजनिती सुरु गरेका थिए । २०५४ सालमा भएको स्थानिय तहको निर्वाचनमा तिलक वडा नं १८ को सदस्य पदको उमेदवार रहे। २०५४ सालमै नेबि संघ धरान सचिब , २०५५ मा तरुण दक धरान नगर समिति सदस्य , २०५७ मा तरुण दल नगर अध्यक्ष , २०६२ सालमा नेपाली कांग्रेस नगर सचिब , २०६६ सालमा सम्पन १२ औँ मधिबेशनमा धरान सभापतिको उमेदवार , २०७२ सम्पन १३ औँ मधिवेशनबाट नेपाली कांग्रेस धरानको सभापती , २०७४ सालमा मेयरको उमेदवार ।

    सामाजिक पृष्ठभूमि

    किरात राई यायोख्याको केन्द्रीय अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी सुनसरी सचिब, उद्योग बाणिज्य संघको कार्यकारी सचिब , सप्तकोसी बस व्यसायी संघ अध्यक्ष, नेपाल गल्फ एसोसियन केन्द्रीय उपध्यक्ष , नेपाल शारिरिक सुगढनको ख क्षेणिको निर्णायक , आचार्य संघ सुनसरी , सुम्निमा वर्कशप व्यसायि संगठन, होटल व्यसायी सन्चालन घुमती रेष्टुरेन्ट जस्ता संघसंस्थामा रहेर धराने जनतालाई सहयोग तिलकले गर्दै आएका छन् ।

    तिलक राईको नगर बिकाशका योजना

    तिलक भष्ट्रचार गर्नु भनेको आमाको रगत पिउनु वरावरको पाप ढान्छन् । धरान नगरलाई उनी भष्ट्रचार मुक्त नगर बनाउ प्रतिबद्ध रहेको बताउछन् । भष्ट्रचारको अन्य गराएर कर घटाउने उनको योजना रहेको छ । धरानलाई देशको उत्कृष्ट प्रयटकिय क्षेत्रको रुपमा बिकाश गर्न बिमानस्थलको लागि उनको पहल हुनेछ । खानेपानीको योजना र बसपार्क निर्माणको काम पनि उनको प्रथामिकतामा नै रहेका छन् ।

    धरान हुँदै जाने पहाडी जिल्ला जोड्ने राजमार्गलाई ब्यस्थित गरि सुन्दर सहरको रुपमा धरान बनाउने लक्ष्य रहेको उनको रहेको छ। धरान बुढासुब्बा , दन्तकाली , पिडेश्वर , पञ्चकन्या , बिष्णुपादुका जस्ता धार्मिक क्षेत्र रहेकाले यी क्षेत्रको बिकास गराएर धार्मिक पर्यटक नगर धरान बनाउने योजना तिलकको रहेको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…