उर्लाबारी । पूर्वी मोरङमा स्थापित अरनिको हस्पिटल प्रालि उर्लाबारीको छैटो बार्षीक साधरणसभाले अध्यक्षमा लोलिम पोमु लिम्बूलाई सर्वसम्मत चयन गरेको छ ।
सामाजिक काममा क्रियाशिल तथा जुझारु युवा लोलिमले पुनः अध्यक्षको पद सम्हाल्ने भएका हुन् । हस्पिटलको सचिवमा रन्जित पोमु लिम्बू,सदस्यहरुमा बालकृष्ण सुब्बा, कुलबहादुर खड्का,सोममाया लिम्बू, कमल फ्याक, आइन्वा लिम्बू रहनुभएको छ ।
अध्यक्ष पोमुले छोटो समयमै सबैको साथ सहयोग अरनिको परिवारको मेहेनतले यो सफलता सम्म आइपुगेको बताउदैं अझ व्यवस्थित र उत्कृष्ठ बनाएर लैजाने प्रतिबद्धता गर्नुभयो ।
नब निर्बाचित समितिबाट हस्पिटलले अझै फड्को मार्ने विश्वास स्थानीयले शुभेच्छुकहरुले लिएका छन् ।साधरण सभा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको थियो ।