काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापालाई बनाउँने भएका छन् । कुन्दन अर्यालको राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री ओलीले थापालाई सल्लाहकार बनाउने भएको बताइएको छ ।
नेकपा नेतृत्व र केही निकट नेतासँगको छलफलपछि प्रधानमन्त्री ओलीले पार्टीको प्रचार विभाग उपप्रमुखसमेत रहेका थापालाई सल्लाहकार नियुक्त गर्ने तयारी गरेका हुन्। थापाले औपचारिक नियुक्ती भने आइतबार पाउने बताइएको छ। मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गर्नेछ।
प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारका सबै सदस्यले राजीनामा बुझाए पनि ६ जनाको नाममात्र स्वीकृत भएको छ । प्रधानमन्त्रीको निर्देशन अनुसार मंसिर १ गतेदेखि लागू हुनेगरी १३ जनाले राजीनामा बुझाएका थिए।