• धरान । यतिबेला नेपाली कांग्रेसका उमेद्वार तिलक राई मत माग्दै घरदैलोमा ब्यस्त छन् । धरानमा रिक्त रहेको मेयरको पदका लागि आसन्न मसिर–१४ उपनिर्वाचनको मिति तय गरिएको छ ।

    जति जति निर्वाचनको मिति नजिकै छ सोहीअनुसार तिलक राई पनि आफ्नो चुनावी अभियानलाई प्रभाबकारी बनाउन घरदैलोलाई तिब्रता दिएर लागि परिरहेका छन । नेपाली कांग्रेसबाट सर्वसम्मत धरानको मेयरको पदको उम्मेद्वार बनेका राई मतमाग्दै जनताको गुनासा तथा समस्या र जनचनहनाहरु पनि टिपोट गरिरहेका छन् ।

    भष्ट्राचारको अन्त्यगरी कर घटाएर बिकास गर्ने मुलएजेन्डा बनाएर मतमागि रहेकातिलकलाई कम्युनिस्टको गण भनेर चिनिने धरानका वडाहरुमा भव्य स्वागत भइ रहेको छ ।

    बिहिबार वडा नं १३ मा भव्य स्वागत भएका तिलकलाई शुक्रवार धरान १७ मा पनि भब्य स्वागत तथा आतिथ्यता पाए ।

    १७ नम्वर वडाको रेल्वेचोक, सुनौलो मार्ग, साङपाङ मार्ग, टेम्के मार्ग, हङकङ रोड, क्षितिज टोल, यलम्वर मार्ग, रत्नमार्ग बिष्णुमाया मार्ग, उदय टोल लगायएका टोलमा तिलक राइलाई स्थानिय मतदाताले स्वागत गरेका थिए ।

    स्थानिय खेमराज भण्डारीले यसपाली मत बदल्ने र आफु परिवर्तनको पक्षमा मत हाल्ने बताए । उनी जस्तै सोही वडाका लिलापौडेल, देवी भण्डारी, सुमित्रा राई, समसेर तामाङ्ग लगायत पनि आफ्नो मतबदल्ने र आफुलाई परिवर्तनको पक्षमा उभ्याउने र तिलक राई भ्रष्टाचार मुक्तअभियानमा साथ दिने बताउँछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…