• चिसाङ शेर्पा खोटाङ,
    स्थानीय निर्वाचनमा खोटेहाङ गाउँपालिका अध्यक्षका उम्मेद्वार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । २०७४ असार १४ गते सम्पन्न स्थानीय निर्वाचनमा खम्बुवान राष्ट्रिय मुक्तिमोर्चाका तर्फबाट अध्यक्षका पदका लागि उम्मेद्वार उठेका रामकेश राई कांग्रेसमा प्रवेश गरेका हुन् । उनले स्थानीय निर्वाचनमा करीव दुई सय ५० मत ल्याएका थिए ।

    शुक्रबार सावाकटहरेमा कांग्रेसको वडा समिति गठनका क्रममा उनी सहित नेकपाका युवा नेता जेफर राई, विनोद बुढाथोकी, अम्विका विश्वकर्मा, यम कुमार राई, देउ कुमार राई, बतास राई, नवराज राई, रोहित भुजेल, सुरज राई, विमण राई, पुर्सोंधन राई, राजन राई, देवेन्द्र बुढाथोकी, दिपक गेलाल, प्रतिक्षा बस्नेत कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए ।

    उनीहरुलाई महाधिवेशन प्रतिनिधि राई, क्षेत्रिय उपसभापति चण्डीराज राई, सप्तेश्वर छितापोखरीका वडाध्यक्ष तथा कांग्रेसका नेता पूर्ण बहादुर खड्का, नेपाली कांग्रेस खोटेहाङ गाउँपालिका सभापति प्रेमकुमार थापाले अविर र फुलमाला लगाएर पार्टीको झण्डा हस्तान्तरण गर्दै पार्टीमा भित्र्याएका छन् । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा बासुदेव तिमल्सेनाको सभापतित्वमा २१ सदस्यीय नेपाली कांग्रेसको वडा समिति गठन भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…