•  

    उर्लाबारी । चर्चित रियालिटी सो द भ्वाईस अफ नेपालको टप १० मा पुग्न सफल मोरङ उर्लाबारी निवासी मेचु धिमाललाई भोटिङ गर्ने क्रम जारी रहिरहेको बेला सकृय रुपमा लागिरहेका मेचुका बुवा मंगलवार रोजगारका लागि विदेश जाने भएका छन् । यता मेचु इतिहास रच्ने क्रममा छिन् भने बुवा सन्तुलाल धिमाल भने घरको ऋण तिर्न विदेश जाने भएका छन् । संयोग पनि कस्तो न जाउ त थाप्लोभरी ऋण छ, जाँउत छोरी मेचुलाई भोट चाहिएको छ बुवा सन्तुलालले सञ्चारकर्मीहरुलाई भने, ‘यहि बेला भिषा लाग्यो ।
    ४ छोरी रहेका सन्तुलाललाई छोरा नभएकोमा कति पनि दुःख छैन र थिएन पनि । छोरीले नाम राखेकी छिन्, यसैमा खुशी छौ । यद्यपि, भोटकै कारण मेचुपछि पर्छिन कि भन्ने चिन्ता छ उनलाई । आफ्नो छोराछोरी अघि बढेको कस्लाई मन पर्दैन र उनले भने‘ अरु प्रतियोगि पनि मेरो छोराछोरी जस्तै हुन्, मेचुको भ्वाईस मन पर्छ भने भोट गरिदिनुहोला ।
    बुवा सन्तुलालले आफु जहाँ रहेपनि छोरीको लागि आर्शिवाद रहेको बताए ।

    आमा गीता कुमारी धिमालले पनि छोरीको लागि भोटको अपिल गरेकी छिन् । हिजो मेचुले आमा म गायिका बन्छु भनेको यादहरु अहिले झलझली आईरहेको छ, हामीले छोरीको निर्णयमा साथ दिएर ठिक गरेछौ आमा गीताकुमारीले खुशी हुँदै सुनाईन्, अब मेचुले भ्वाइस अफ नेपाल जितेको हेर्ने धोको छ । तर कहाँ हाम्रो आटले मात्र काहाँ पुग्छ ।
    अल्पसंख्यक धिमाल जातिहरुले अहिले सम्म ईतिहास राख्न सकेका छैनन् । अझ भनौं झापा मोरङ सुनसरीमा उल्लेख्य बसोबास रहेका धिमाल समुदायलाई खोलामा माछा मारेर खाने जाति अझ अपवाद बाहेक पिछडिएको जाति भन्ने बुझ्ने धैरै छन् । जात्रि र ढङढङे मेलामा उल्लेख्य सहभागी रहने यो समुदाय पनि जोडतोडका साथ लाग्नुपर्ने सहसंयोजक भीष्म बुढाथोकी बताउछन् । हिजो निसान भट्टराईलाई नेपाल आइडल र निकिता चाण्डकलाई मिस नेपाल बनाएको उर्लाबारीबासी लगायत सबै लाग्नुपर्ने भएको छ , बुढाथोकीले भने ।
    हाम्रो समुदायमा नै भोट माग्न पुग्न सकिरहेका छैनौ, समय थोरै छ गनुपर्ने धेरै, अभियानकर्मी बिजय धिमाल भन्छन्, यो अबसर बारम्बार आउँदैन्, अबसरको सदुपयोग गरौं ।



    मेचुलाई भोट गर्नको लागि ०६ लेखेर ३७००० हजारमा सेण्ड गर्न सकिनेछ ।

    को हुन मेचु ?
    पानीको फोका जस्तै फूट्यो हाम्रो माया, सपना भई आँखामा आउने को होला, आकाशैमा चिल उड्यो फनन जस्ता लोकप्रिय गीत गाएर भ्वाईस अफ नेपालमा दर्शक मन जितिसेकेकी छिन् ।

    मेचु सानैदेखि गीत सँगीतमा सौखिन हुन् । मोरङ जिल्ला उर्लाबारी नगरपालिका—२ स्थाई घर भएकी मेचुको जीवनमा थुप्रै उतारचढाव आएका छन् ।

    १२ कक्षा पढिसकेपछि काठमाडौंमा गएकी मेचु सानैमा गाउने भन्दा पनि बढी नाच्ने गर्थिन । आफुलाई भारतिय प्रसिद्ध गायकगायिका सोनु निगम र श्रेया घोषालको ठूलो प्रशंसक भन्न रुचाउने मेचुलाई उनिहरुका गीतले प्रेरित गर्यो । नाच्ने मेचु विस्तारै गाउनमा पनि रुचि राख्न थालिन । स्कुलमा पढदाताका गीतसँगीतबाट थुप्रै पुरस्कार पनि उनले जितेकी छिन् । गीतसँगीतका कार्यक्रमदेखि स्कुलमा हुने हरेक कार्यक्रममा मेचुको सहभागिता हुने गथ्र्याे । बाल्यकालमा सुनझोडा स्कुल, सुनगाभा आमावि उर्लाबारी र प्लस टु दमकको युनिक कलेजमा पढेकी मेचुलाई मोरङबाट काठमाडौं पुगेपश्चात उनलाई केहि समय गाह्रो भयो ।

     

    वातावरण अनुुकुल हावापानी नमिलेका कारण बिरामी भईन । काठमाडौंमा उनकी सानीआमा भएकाले मेचुलाई बस्न भने सहज थियो । तर उनले दुख नगरेकी भने होइनन् । आफ्नो खुट्टामा आफै उभिन रुचाउने मेचुलाई थाहा थियो संघर्ष र निरन्तरताको फल एकदिन अवश्य मिठो हुन्छ । त्यसपछि उनले आफुलाई थप उर्जाशिल बनाउन संगीत शिक्षा पनि लिइन् ।

    https://www.youtube.com/watch?v=avQzyaZVzRc&t=199s

    काठमाडौं एक विशाल शहर । जहाँ हजारौ मान्छेको भिड छ । सँगीतमा रम्नेहरुको जमात पनि काठमाडौंमा उत्पात नै छ । त्यही जमात बिचको एक नाम हो मेचु धिमाल । अहिले मेचुले संगीत बाहेक अरु केहि सोंचेकी छैनन् । विस्तारै संगीतले नै उनलाई व्यस्त बनाउन थालेको छ । आफै शब्द लेख्ने सँगीत भर्ने र गाउने कला भएकी मेचु अरुमा कमै भर पर्छिन । भन्छिन— ‘सबै कुरामा निपुर्ण भएको राम्रो’ ।
    पछिल्लो समयमा गीत सँगीतमा गरिने लगानीले पनि असर गरेको हो कि भन्ने भान उनमा छ । ‘जो संग कला छ ऊ संग पैसा छैन । अनि जो संग पैसा छ ऊ संग कला छैन । यस्तो अवस्था छ नेपाली सांगीतिक क्षेत्रको’—उनी भन्छिन् ।

    तरपनि निरन्तरताले सफलता मिल्नेमा उनी ढुक्क छिन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…