• काठमाडौँ । राजधानीको बसन्तपुरमा छुरा प्रहार गरी एक जना मजदुरको हत्या गरिएको छ । मादक पदार्थ सेवन गरी सामान्य विषयमा विवाद गरिरहेका दुई मजदुरहरु बीच शनिबार राती विवाद बढेपछि विवादले हत्याको रुप लिएको हो ।

    महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी बासुदेव खतिवडाले काठमाडौं महानगरपालिका १९ दमाई टोल बस्दै आएका ४५ वर्षीय अरुण चित्रकारको छुरा प्रहारबाट मृत्यु भएको जानकारी दिए ।

    मजदुरकै काम गर्दै आएका काठमाडौं १२, ह्युमत टोलका ४६ वर्षीय मनिषकुमार खड्गीले विवादपछि चित्रकारमाथि छुरा प्रहार गरेको डीएसपी खतिवडाले जानकारी दिए । छुरा प्रहारबाट घाइते भएका उनको उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । छुरा प्रहार गर्ने खड्गी आफैंले चित्रकारलाई अस्पताल लगेका थिए ।
    प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको छुरा समेत नियन्त्रणमा लिएको छ ।

    प्रहरीसँग दिएको प्रारम्भिक बयानमा भने खड्गीले आफूलाई सधैं हेप्ने गरेकाले रिसको झोकमा छुरा प्रहार गरेको भनेका छन् । पक्राउ परेका खड्गीमाथि थप अनुसन्धान भइरहेको छ । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…