धरान । नेपालीकांग्रेसका नेताहरुले कम्युनिष्ट शासनले देशलाइनिकास दिननसक्ने बताएका छन । आइतवार धरान–१५ शिवालयचौकमाआयोजित नेपालीकांग्रेसकोचुनाबप्रचार प्रसार समितिले आयोजना गरेको चुनाबी सभामाबोल्दै नेपालीकांग्रेसकापुर्व धराननगर सभापतीकिशोर राईले २८ बर्ष कम्युनिष्टले शासनगर्दा धरानले के के उपल्ब्दीहातपारेको छ ?भन्दै प्रश्न समेत गरे । धरानकालोकप्रिय नेताको रुपमा रहेकाकिशोरले धराने जनताको दुःखको सारथीको रुपमाकांग्रस बन्दै आएको बताए ।
उनले धरानमा नेत्रित्व परिवर्तनको आवश्यकता रहेकाले सबै धरानबासीले परिवर्तनको पक्षधर नेपालीकांग्रेसकायुवाजुझारु उम्मेदवार तिलक राईलाई भोट दिएर बिजय गराइनगरको भष्ट्राचार अन्त्यगर्न धरानबासीलाई आग्रह गरे । त्यस्तै नेपालीकांग्रेस महासमिति सदस्यलक्ष्मी खतिवडाले नगरपालीमा कम्युनिष्ट सरकारको सरकारकाकारण भष्ट्रचार , अनियमितताको गन्धले धरानप्रदुषितभएको आरोप लगाइन ।
उनले उपनिर्वाचनकांग्रेसले गर्दानभएकाले धरानमाउपनिर्वाचनहुनुको मुख्य दोष नेकपाको गम्भिर गल्तिले भएको बताइन । दिर्घ रोगी स्वर्गिय मेयर तारा सुब्बलाई चुनाबमाउमेद्बार बनाउनु तत्कालीनएमालेको गम्भिर भुल समेत रहेको बताइन ।यसले नगरपालीकामामुख्यजनप्रतिनिधिको अभाव र उपनिर्वाचनमालाग्ने खर्चले सरकारलाई आर्थिक चाप बढाएको बताइन । खतिवडाले भनिन् ”धरानमा मेयर साबहुनुहुन्नकार्यबहाको रुपमाकार्यभार उपमेयर हुनुहुन्छ तर अहिले नगरमाजनताको कामनगरस् नेकपाकालीमतमाग्नमै ब्यस्तहुनुहुन्छ“ । तत्कालीन सरकारले धरानमा बिष्णुपादुका पञ्चकन्या जस्ता पहाडि बस्तिमालाएको एउटा अम्लिसोकोे कुच्चोमा कर लिने र एनसेलको अरबौ कर नउठाउन सरकार लागिपरीरहेको आरोप लगाइन।
सो चुनाबी सभाकाविशेष बक्तारुपमाआएका नेपालीकांग्रेस इटहरी नगर सभापतीले हेमकर्ण पौडलले कांग्रेसको कम्युनिस्ट भाई रहेको बताए। उनले देशमा कम्युनिष्टले शासकले निकास दिननसकेको बेला धरानमापनि कम्युनिष्टले माखो पनिमार्न नस्कने बताए ।धरान देशकै नमुना सहर बनाउननेपालीकांग्रेसको जितआवश्यक रहेको उनले बताए । यसकालागितिलक राई उपयुक्तउम्मेद्बार रहेको र एक धरानको असल नेता रहेको बताए ।सो कोणसभाको संयोजक नेता महेन्द्र प्रधान रहेकाथिए ।