धरान । नेपालीकांग्रेस सुनसरीका क्षेत्रियतहका नेताहरुले कांग्रेस झुट बोल्ने पाटी नरहेको दाबि गरेका छन । नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईको चुनाबी सभामा नेताहरुले सो कुरा बताएकाहुन । धरान १६ को समिचौकमाआयोजनाभएको चुनाबी सभामाबोल्दै सुनसरी क्षेत्र नं १ का सचिव मुरारी भट्टराईले केन्द्र देखि धरान सम्मकाकम्युनिष्टका नेताहरु झुट बोलेर जनताझुक्याउनमाहिर भएको आरोप लगाए । २८ बर्षदेखि धरानलाई एकलौटी शाशन गरेका कम्युनिष्टका बिरुद्धमा यसपालीको निर्वाचनमा परिवर्तनको पक्षमा नेपालीकांग्रेसकाउमेदवार तिलक राईलाइबिजय गराई धरानलाई समृद्ध बनाउन इटा स्वरुप एक एकभोट दिनु पर्ने बताए ।
उनले भने ”धरानउपमहानगर पालीकाकार्यालय अहिले कम्युनिष्ट नेताको आसेपासेलाई जागिर खाने ठाउ भएको छ“ । गरिब, सुकुम्बासी , सोझा धराने जनतालाई कम्युष्टिहरुले झुक्याएको बताए ।त्यस्तै अर्का क्षेत्रिय सचिब रमेश काफ्लेले धरानको बिकासमा नेपालीकांग्रेसको महत्वपूर्ण भुमिका रहेको बताए । ००७ सालक्रान्ति , ०३६,०४६ सालको आन्दोलन , ०६२÷०६३ सालको जनआन्दोलनमाकांग्रेसको नेत्रित्व र संविधाननेपालीकांगेसको सहभागिता र नेत्रित्बमाजनताको मुक्तिकालागिकाम गरेको धराने जनताले बुझ्नु पर्ने बताए ।
धरानकालागि कांग्रेसले बिपिप्रतिष्ठान , बिद्यालय, क्यापस जस्ता क्षेत्रहरु उपहार दिएकोले त्यो उपहारले धरानलाई समृद्धी दिएकाले अबकांग्रेसलाई भोट दिएर त्यो गुणतिर्नु पर्ने बेलाआएको उनले बताए । वडा नं १६ का सचिब घिमिरेको संयोजकत्वमाभएको सभामा नेपालीकांग्रेसकाबाट बिजयी लाँलिगुरास नगरपालिका मेयर अर्जुन माबुहाङले देशभर कम्युनिष्ट सरकारले कर बढाएर जनतालाई दुःखदिएको बताए ।