• मात्रिका प्रसाद नेपाल

    धरान । नेपालीकांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले बर्तमान केपीओलीको कम्युनिष्ट सरकारलाईइतिहासकै लुते सरकारकोउपमादिएका छन । खोक्रो राष्ट्रबादबाटजन्मिएको सरकारकाभएकाले कम्युनिष्ट सरकार अवैज्ञानीक रहेको समेत उनले आरोप लगाए । धरानको भानुचोकमा रहेको प्रजातान्त्रिकचौतारीमाआयोजित नेपालीकांग्रेसको चुनाबीकोण सभामाबोल्दै नेपालबिद्यार्थी संघका पुर्व केन्द्रीय सभापति समेत रहेका घिमिरेले नेपालीभुमि रक्षागर्न नसक्ने सरकार लुते,कामनलाग्ने, लाछी रहेको बताए ।

    नेपालीजमिनभारतले आफ्नो नक्सामा कैदगर्दा पनीचुइक्कनबोल्ने एउटा बिज्ञप्ती र एक फोन समेत गर्न नसक्ने सरकारकाप्रधानमन्त्री केपिशर्मा ओलीशारीरीक र मानसिक रुपमा रोगीभएकाले नेपाल र नेपालीकालागि केहि गर्न नसक्ने बताए । उनले भने हाम्रामाहानमानवबिपिकोइराला, गणेशमान सिंह , गिरिजाप्रसादकोइराला , शुशिलकोइराला जस्ता नेताले नेपाल र नेपालीको शिर उच्चो बनाउनअहम् भुमिका खेलेको तर कम्युनिस्ट नेताहरुले बालुवाटार बेच्ने, यौन हिंसा गर्ने , देशको सिमामिचिदा केहीगर्न नसक्ने सरकार लाछि रहेको आरोप लगाए ।

    नेपालीकांगे्रसकाप्रखर बक्ता समेत रहेका घिमिरेले धराने जनतालाई अहिले लोकतन्त्र , गणतन्त्र र प्रजातन्त्रमहशुसगर्न नसकेकोले अब यो उपनिर्वाचनबाट कांग्रेसलाई बिजय गराएर धरानबाट कम्युनिष्ट नेताको नामबाट राजनितिगर्न दलालहरु कुलेलाम ढोक्ने बताए । कम्युनिष्ट नेताहरु आफुहरुलाई गरिब, मजदुर र सुकुम्बासीको नेताभन्ने गरेको तर नेपालको धनिमानिसको सुचिमाउनिहरु नै रहेको बताएकाथिए ।

    धराने जनताले अब धरानलाइन्यायदिनकालागिकांग्रेसकातिलक राईलाई भोट दिई जिताउनआवश्यक रहेको बताए। उनले भने ‘धरानमा कम्युनिष्टको नितिले जनता ठगिएको छ अब कम्युनिष्टनाङ्गो भइसकेको छ’ । कम्युनिस्ट सरकारलेजिते कर , महंगी , भष्ट्राचार उपहार दिएको भन्दै घिमिरेले जनतालाईमालिककांग्रेसले बनाउने बताए ।
    धरानका नेताबिकास आचार्यको संयोजकत्वमाभएको कोण सभामा नेपालीकांग्रेस महासमिति सदस्यलक्ष्मी खतिवडा र धरान २ का सभापती सुबिरसिंह लिम्बूले ‘अब धरानमा फेरी नेकपाले जिते कर घटाउने रे कर बढाउदा बुद्धिमा बिर्को लागेको थियो ’?भन्दै प्रश्न गरेकाथिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…