• धरान । धरान १७ मा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का सहित विभिन्न पार्टी ३५ जना नेताकार्यकताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
    नेपाली कांग्रेसका मेयरका उम्मेद्वार तिलक राईको सोमबारको घरदैलौ कार्यक्रमको अवशरमा शान्तिचौक टोल बिकासका अध्यक्ष समेत रहेका माओबादीका पुर्व लडाकु सुर्यबहादुर तामाङ्गको नेत्रित्वमा पुर्व माओबादी केन्द्रका धरान नगर सदस्य रहेका पुर्व माओबादीका १७ नम्बर वडा इन्चार्ज हाल नेकपा नगर सदस्य राजेश मोक्तान सहित नेकपाका मेनुका राई, संगिता तामाङ्ग, मिनकुमार श्रेष्ठ , काजि राई, टंक प्रधान, लक्ष्मिकुमार मोक्तान , धनबहादुर मगर, छत्र गुरुङ , राजेश मगर, जिवन बिक,कुमार कालिकोटे जीवन रसाइली लगाएत ३५ जनाप्रबेश गरेको नेपाली कांग्रेस धरान सचिब श्याम पोख्रेलले बताए ।

    नवप्रबेशीलाई मेयरका उम्मेदवार तिलक राईले फुलमाला अबिर लगाएर प्रवेश गराएका थिए । पाटी प्रवेश पश्चात बोल्दै सुर्यबहादुर तामाङ्गले धरानको बिकासका लागि तिलक राईको खाँचो रहेको बताए । उनले धरानमा गफ गर्ने कम्युनिष्ट भन्दा काम गर्ने कांग्रेसको खाँचो रहेकाले कांग्रेस मा प्रवेश गरेको बताए ।

    उनले माओबादीले पुर्व लडाकुको योगदानलाइ पुर्ण रुपमा बेवास्ता गरेको र सुकुम्बासीलाई भोट बैंकको रुपमा लिएर कम्युनिष्टले धोका दिएको बताए । गरिब जनता सुकुम्बासीको पाटीका नेता भन्ने अनि मतलिए पछि चिल्लो कारमा हिड्ने नेतालाइ मत नदिन उनले आग्रह गरे । यस्तै राजेश मोक्तान नेकपाले लडाकुको योगदान बिर्सिए पछि परिवर्तनका लागि कांग्रेसमा प्रवेश गरेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…