काठमाडौँ । रामेछापको दोरम्बा गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृ,त्यु भएको छ । दुर्घटनामा दोलखा जिल्ला शैलुङ गाउँपालिका (८ कि १० वर्षीया सुवानी श्रेष्ठ र १२ वर्षीया दिलकुमारी श्रेष्ठको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवंम् प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिए ।
दोरम्बा गाउँपालिका ढाक्रेबासबाट दोलखाको भैंसे जाँदै गरेको बा १३ च ७०९५ नम्बरको बोलेरो जीप सोमबार साँझ पौने ६ बजे डडुवामा दुर्घटना भएको हो। यादवका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन। अन्नपूर्णपोष्टबाट ।