• धरान । धरानउपमहानगरमा २०७४ सालको स्थानियको निर्वाचनमा नेकपाका नेताले बिजयी भएपछि गरिब सोझा मजदुर, ब्यापारी , उद्योगी धराने जनतालाई कर बृद्धीको मारमा पारेर जनताको ढाड सेकेको तर हाल निर्वाचनको मुखमा कर बृद्धी भएको भन्दै नेकपाले जिते कर घटाउछु भन्ने नारा धराने जनता झुक्याउने प्रपन्च भएको नेपाली कांग्रेस धरानका नेताहरुले बताएका छन ।
    गरिब, सुकुम्बासी , श्रमजिबिको पाटीको नेताभनेर जनतामाझजाने तर झुटा कुरा गरेर जनतालाई भ्रममा पारेर चुनाव जित्ने नेकपाको योजना धरानका लागी पुरानो सुत्र समेत रहेको नेपाली कांग्रेसका धरानका पुराना नेता बिनोद राईले बताए ।उनले नेकपाका नेताहरुलाई कर बढाउदा बुद्धिमा बिर्कोलागेको थियो ??भन्दै प्रश्न गरेका थिए ।


    सञ्चाकर्मीसंग कुरा गर्दै राईले नेकपाका उम्मेदवारले मिडियामा कर वढेको छ मैले जिते घटाउछु भन्नु भएछ यदि तपाईको नैतिकता छ भने कर बढाउने धरान कार्यपालीकामा बहुमत रहेको नेकपाबाट बिजयी जनप्रतिनिधिलाई कार्वाही गरेर देखाउनुस उनले भने, नेपाली कांग्रेसको धरानमा जित निश्चित रहेको छ । धरानमा कांग्रेसले मन जितेको छ अबमत–मन जितेको कांग्रेसको जितमा अब जमिन मासिए वा आकाश नखसे सम्म रोक्न सक्दैन उनले भने ।
    त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन बिश्वकर्माले नेकपाको तीनतहमा सरकार भएकाले आर्थिक चलखेलगर्न सक्ने भएकाले चनाखोसंग पाटीका हरेक तह र तप्काका साथीहरु तयार रहन र त्यस्तो थाहा पाए कानुनी उपचार खोज्न आग्रह गरे । सबै धराने कांग्रेस एक भएर तिलक राई जिताउनलागि परेकाले धरानमा चारतारे झण्डाले बिजयी हुने उनले दाबी गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…