उर्लाबारी । द भ्वाइस अफ नेपालको टप १० मा पर्न सफल मोरङकी चेली मेचु धिमालका बुवा सन्तुलाल धिमाल ऋण परेपछि बैदेशिक रोजगारीमा जाने भएका छन् ।
जसको लागि हिजो उनी काठमाडौं हिँडेका छन् । बिहिवार बुबाको फ्लाईट छ ।
छोरी मेचुको भबिष्य निर्माण तथा ऋण बढ्दै गएपछि प्रतियोगिताको विचैमा छोडेर जानु परेको उनको भनाई छ । आँखाभरी आँसु पार्दै उनले भने यो मेरोमात्र छोरी होइन सबैको छोरी हो, अब सबैको साथ र सहयोगमा भ्वाइस नेपालको प्रथम महिला विजेता बनाउनु हुनछ भन्ने अपेक्षा छ । आफूले विदेशमा रहेर पनि भोटिङ अभियानमा सक्दो सहयोग गर्ने बताए ।
https://www.youtube.com/watch?v=E0PUYnnzLgI