• मोरङमा घुससहित वडा अध्यक्ष रंगेहात पक्राउ
    मोरङमा घुससहित वडा अध्यक्ष रंगेहात पक्राउ

    उर्लाबारी । मोरङ जहदा गाउँपालिका १ का कार्यबहाक वडा अध्यक्ष उमेशकुमार साह घुस रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको छ । घुस वापत २१ हजार रुपैयाँ लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट रंगेहात मंगलबार पक्राउ गरेको हो । सडक स्तरोन्नतीका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताए । उनका अनुसार १० प्रतिशत घुस मागेको खुलेको छ । उक्त योजनाको सम्झौता सोमबार नै गर्नु पर्ने थियो ।

    एक दिन ढिलो मंगलबार सम्झौता गर्न आएको भन्दै साहले माग गरेको २० हजारमा एक हजार थप गरेर २१ हजार रुपैयाँ माग गरेको पुष्टि भएको प्रवक्ता ढकालले बताए । साहमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिने उनको भनाइ छ । वडा अध्यक्ष प्रदीप यादव हत्या अभियोगमा लामो समयदेखि फरार छन् । विराटनगर महानगरपालिका–१४ का समानन्द मण्डलको गत जेठ ३२ गते गरिएको कुटपिटका कारण असार २७ गते मृत्यु भएको घटनामा प्रदीप मुछिएका छन् । त्यही घटनादेखि वडा अध्यक्ष फरार भएपछि वडा सदस्य साहलाई कार्यबहाक वडा अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…