•  

    काठमाडौं । आगामी मंसिर १४ गते धरान उपमहानगरपालिकाको मेयर पदका लागि उपनिर्वाचन हुँदैछ । तत्कालिन मेयर तारा सुब्बाको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । धरानको मेयरका लागि नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले तिलक राईलाई चुनावी मैदानमा उतारेको छ ।

    तिलक तारा सुब्बासँग पराजित भएका नेता हुन् । धरान उपमहानगरपालिकालाई नेकपाले कम्युनिस्ट विरासतको रुपमा लिँदै आएको छ। २०४७ देखि २०७४ सम्म कम्युनिस्ट पार्टीले लगातार जित निकाल्दै आएको धरानलाई नेकपाले गढ मान्ने गरेको छ।

    नेकपाले पनि पहिलाजस्तो सहज नभए पनि आफूहरुको विजय निश्चित भएको दाबी गर्दै आएका छन्। कम्युनिस्टले विगतदेखि पटकपटक चुनाव जितेको धरानमा पराजित हुनु लज्जास्पद हुने भन्दै नेकपाले कार्यकर्ताको परिचालन तीव्र बनाएको छ। पार्टीका १८ विभाग र त्यस मातहतका कमिटी र तिनमा आबद्ध कार्यकर्तालाई निर्वाचनमा पार्टी हारे कारबाही गर्ने चेतावनी दिएका छन्।

    वडा नम्बर १२ का वडाध्यक्ष टंक राईले पनि पार्टी नेतृत्वले चुनाव जित्नै पर्ने दबाब दिएको बताउँछन्। तर केन्द्र सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेका कारण अफ्ठेरो परेको उनको बुझाइ छ।

    नेकपा धरान नगर सदस्य भूवन हाङ्कामको बुझाइ पनि वडाध्यक्ष राईसँग मिल्दोजुल्दो छ। अहिलेसम्म गरेका काममा परीक्षा लिने समय पनि भएको उनको बुझाइ छ। पूर्व एमाले र पूर्व माओवादीबीचमा केही असन्तुष्टि रहे पनि त्यसले चुनावमा ठुलो असर नपार्ने उनको दाबी छ।

    अहिलेसम्म नेपाली कांग्रेसले खाता खोल्न नसकेको सुनसरी क्षेत्र नम्बर १ र धरान उपमहानगरपालिकाकामा यसपटक भने आशालाग्दो अवस्था देखिएको कांग्रेसका नेताहरूको दाबी छ। तिनै तहमा नेकपाको सरकार रहेको र सरकारको आलोचना पनि भइरहेकाले निर्वाचनमा मत काटिन सक्ने र आफ्नो पक्षमा मत आउने कांग्रेसका नेताहरूको आँकलन छ। यही बेला कलापानी र लिपुलेकमा सीमा मिचिएको र सरकारले यसलाई गम्भीर रूपमा नलिएको भन्दै विरोध हुँदै आएकाले पनि मत विभाजन हुन सक्ने बुझाइ कांग्रेसको छ।

    २०४७ साल देखिनै धरानलाई कम्युनिस्टको लालकिल्ला मानिएको धरानमा यसपालि भने लालकिल्ला भत्काउने दाउमा कांग्रेस लागिपरेको छ। त्यसको लागि उम्मेदवार छनौट पनि सर्वसम्मत गरेको र पार्टी भित्रको असन्तुष्टि पनि निमिट्यान्न पारेको धरान कांग्रेसका पूर्वसभापति किशोर राई बताउँछन्।

    कांग्रेसमा देखिएको एकता र नेकपाभित्रको आन्तरिक विवादले धरानको सत्ता समीकरण परिवर्तन हुने सक्ने कांग्रेसका स्थानीय नेताको आँकलन छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…