धरान
धरानमा कर नेपाली काँग्रेसको सहभागीतामा नै निर्धारण गरीएको भएपनि अहिले आएर निर्वाचनको बेला झुठो कुरा गरेर नेपाली काँग्रेसले चुनावी एजेन्डा बनाएर जन्ता झुक्याउने काम गरीररेको नेकपाका जिल्ला सदस्य भिम राई ज्वालाले आरोप लगाएको छ । त्यस्तै धरानको खानेपानी हाल नेपाली काँग्रेसको कारण नै रोकिएको समेत राईले आरोप लगाएको छ । बुधबार धरान ३ को कोणसभामा बोल्दै राईले उक्त अभिव्यक्ति दिएका हुन ।
नेपाली काँग्रेसले हाल खानेपानी र करको विषयमा जनता माँझ भ्रम फैलाइरहेको बताउँदै राईले नेपाली काँग्रेसले धरानमा खानेपानीको परीयोजना सुरू गर्दा समेत विरोध गरेको स्मरण गराए । उनले भने, 'धरानमा खानेपानीको परीयोजना सुरू गर्दा नेपाली काँग्रेसले विरोध गरेको थियो । पछि सर्वदलिय संयन्त्र मार्फत अनुगमन कमिटीमा सदस्यको रूपमा नेपाली काँग्रेसका सुजेन्द्र गोलेलाई भित्राइसके पछी तिनै काँग्रेसले खानेपानीको गतिविधी सानदार र तिव्र गतिमा बनिरहेको विभिन्न माध्यमबाट प्रचार गरिरहेको हामीलाई थाहा छ ।' उनले सुरूमा विरोध भएको र पछि समितीमा आइसकेपछि तिनैले सानदार भनेको खानेपानी योजनालाई हाल काँग्रेसको कारण नै रोकिएको बताए ।
काँग्रेसको अर्को एजेन्डा नेकपाले कर बढायो भन्ने समेत भोट माग्न भ्रमको खेती गरेको राईले बताए । उनले भने, 'धरानमा कर निर्धारण गर्न धरान उपमहानगरपालिकामा राजस्व समिती छ जसको सदस्यमा धरान वडा नं. २ का वडाध्यक्ष माधवगोविन्द श्रेष्ठ रहेका छन । उनि २०७४ सालको स्थानिय निवार्चनमा नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष हुन । कर निर्धारणका लागी राजस्व समितीको मस्याैदा नगर सभामा पेश हुने र नगर सभाबाट सबैको सहमतीमा निर्णय हुन्छ ।'
उनले कर निर्धारण मञ्जु भण्डारी एक्लैले कदापी गरेको होइने भन्ने बताए । उनले भने, 'नगर सभा भित्र नेपाली काँग्रेसको २५ जना सदस्यहरू छन । उनिहरूको सहमती सहित हस्ताक्षरीत निर्णयबाट नै कर निर्धारण भएको हो । ति २५ जना मध्ये मैले विरोध गर्दा समेत जबरजस्ती पास गरे भन्ने किमार्थ राख्ने जो कोही सदस्यले भानुचोकमा आएर भन्न सक्ने आँट गर्छ ? राजनितिक दलको छलफलमा असार १० गते सबैले गरेको हस्ताक्षरमा नेपालीका काँग्रेसका तिलक राईको हस्ताक्षरित निर्णय समेत हामी संग सुरक्षित छ । हामीले आवश्यक परे त्यो पनि सार्वजनिक गर्न सक्छाै तर हामी अरूलाई तल देखाएर माथी चढ्ने प्रवृती सिकेका छैनाै ।'
स्व. गिरीजाप्रसाद कोइरालाकोले धरानलाई स्याल कुद्ने जंगल बनाइदिन्छु भनेकोले गर्दा लामो समय सम्म काँग्रेसले केन्द्रिय नेतृत्व हाँकीरहँदा धरानको विकासका लागी कुनै पनि महत्वपूर्ण योजनाहरू अगाडि नआएको राईले बताए । यसका बिच पनि धरानका नेतृत्वले जनताको सहयोगमा चिल्ला सडक, भाैतिक संरचनाहरू बनाइ धरानलाई नेपालकै नमुना सहरको रूपमा विकास गरेको हो । अहिले त्यहि चिल्ला कालोपत्रे सडकमा उभिएर नेकपाले केही गरेन भनेर भोट माग्नका लागी भाषण गर्न लाज लाग्दैन ? उनले प्रश्न गरे । त्यही नेकपाको नेतृत्वमा बनेको घण्टाघरको परीसरमा बसेर चियाको चुस्की लिँदै नेकपाले केही गरेन भन्ने लाज लाग्दैन ?
नेपाली काँग्रेसका मित्रहरूको आलोचना खप्न नसक्ने समेत उनले बताए । उनिहरूको कमजोरी देखाए सुध्रिन्छु भन्नु त कता हो कता अझ मलाई आलोचना गर्यो भनेर रिसाउछन । उनले भने, 'मंसिर २ गते भानुचोकमा मैले बसपार्क व्यवस्थापनको नाममा हरेक दिन बसबाट १०।१० रूपैँयाको दरले उठाएको पैसाको हिसाब देखाउनुहोस भनेको थिए । दैनिक करीब १ हजार बस धरानबाट छुट्ने गरेको छ । त्यो १० रूपैँयाको हिसाब मात्र सार्वजनिक गर्न माग राखेका थियाै तर त्यो कुरा खप्न नसकेर तिलक राई माथी कपोकल्पित, भ्रामक र नबुझिकन चरीत्र हत्या गरेको भनेर विज्ञप्ती निकालेको छ । म फेरी त्यही प्रश्न गर्छु, त्यो १० रूपैँयाको हिसाब खोई ?'
राईले नेकपाको सरकारका बेला विधुत, साक्षारता प्रतिशत, आर्थिक वृद्धी भएको समेत बताए । उनले काँग्रेसको सरकारमा ६ प्रतिशतको आर्थिक वृद्धी हाल ७.५ प्रतिशत भएको समेत खुलाए । धरानको हकमा कालोपत्रे सडक, बसपार्क, सेउती र सर्दुमा पक्की पुल लगायतको कार्य भइरहेको उनले बताए । नेकपा भित्र इमान्दार नेताहरू रहेको र कोही बदमास निस्के हामी आफै कारवाही गर्ने समेत उनले बताए । उनले यस पटक धरानको मेयरका लागी यस्तै राम्रो, अनुशासीत, इमान्दार उम्मेदवार प्रकाश राईलाई नेकपाले उठाएकोले तपाईको भोट सूर्यमा नै जानेछ भन्ने कुरामा समेत ढुक्क रहेको बताए ।
All rights to related news-http://radiodharan.com.np/