• धरान  । नेपाली कांग्रेस मोरङ्गका युवा नेता समेत रहेका उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले देशमा रहेकाआदिवासि जनजाति, दलित, सिमान्कृत , लोपोन्मुख जातिलाई अधिकार दिने पार्टी नेपाली कांग्रेस रहेको बताएका छन् । देशमा रहेका सबै भाषी, धर्म, लिङ्गको अधिकारलाई सुनिश्चितगर्न कांग्रेसका नेताहरुको योगदान अरु पार्टीकाभन्दा एक सय गुणा बढि रहेको समेत उनले बताए ।

    धरान–५ को पानवारीमाआयोजित नेपाली कांग्रेसले आयोजना गरेको चुनावीकोण सभामा बोल्दै नेता फागोले २०१५ सालको पहिलो जननिर्वाचित बिपि कोइरालाको सरकारमा गणेशमान सिंह, महेन्द्र नारायण निधि जस्ता नेताहरुलाई मन्त्री बनाएर आदिबादी जनजातिहरुलाइ सम्मान गरेको उनले तर्क गरे ।बर्तमानको नेपाली कांग्रेसको केन्द्रीय समितिमा दुई उपसभापति तराई मुलका र कोषाध्यक्षपनिजनजाति महिला रहेको बताए । आदिबासि जनजाति र नेपाली काग्रेसका बिच गहिरो प्रेम समेत रहेको बताए ।

    आफ्नै उदाहरण दिदै उनले भने म एउटा लिम्बुको छोरालाई नेपाली कांग्रेसले उर्लाबारी नगरपालिकाको मेयर बनाएको छ यो पनि एउटा काग्रेसले आदिबासीप्रति देखाएको सद्भावहो । कांग्रेसले नै नेपालको पहिलो राष्ट्रपतीको रुपमा आदिबासीको छोरा रामवरण यादव अबसर दियो । धरानमा नेपालीकांग्रेसले मिना सुब्बालाई संघिय सांसद र चन्द्र प्रसादश्रेष्ठलाई प्रदेस सांसद बनाएर जनजातिलाई सम्मान गरेको छ ।

    उनले भने धरानकै मीनबिश्बकर्मालाई पाटीले केन्द्रीय सदस्यबनाएर संसद र मन्त्री समेत बनाएर दलितलाई सम्मान गरेको छ । तर नेपाल कम्युनिस्ट पाटीले संबिधानआदीबासीजनजातिलाई दिएको समाबेसी सामानुपातिककोटालाई असमानलोकसेवा बिधेयक ल्याएर कटौती गरेको समेत बताए । त्यहि भएर उनले धरानबासीलाइकांग्रेसले उम्मेदवार बनाएको जनजातिको छोरा तिलक राईलाई भोट दिएर कांग्रेसलाई पनि एक एकदिएर जिताउनआग्रह गरे ।बुधबार आयोजितकोण सभामा धरानकांग्रेसका सचिबश्यामपोखरेले तिलकलाई मतदिएर नगरको बेथिति अन्त्य गराउन आग्रह गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…