• भानुभत्त ढकाल स्वास्थ्यमन्त्री,नवनियुत्त मन्त्रीहरुले लिए सपथ
    मोरङ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्बाचित भएपछि कानुन मन्त्री बनेका भानुभत्त ढकाललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी दिईएको छ ।

     


    बंगलादेशमा अध्ययनरत छात्राबारे विवादित अभिव्यक्ति दिएका कारण कानुन मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएपछि तत्कालीन एमालेका प्रमुख सचेतक रहेका ढकाललाई प्रधानमन्त्री ओलीले कानुन मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि कानुनमन्त्री रहेका ढकाल नयाँ मन्त्रीमण्डल बिस्तार र हेरफेर सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन । हाल भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि मन्त्री ढकालले पाएको मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री यादवलाई दिईएको छ ।
    यसैबिच नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको बिहिबार मध्यान्ह पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका हुन्। मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री र राज्यमन्त्रीहरू नियुक्त गरेका हुन् ।
    नवनियुक्त मन्त्रीमा रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास र पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक, बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात, रहेका छन् । त्यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् ।
    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश चोलेन्द्र शमसेर राणा लगायत विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…