देबु बानियाँ
बाहुण्डाँगी । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशन आउन अब ३४दिन बाँकी छ । महाधिवेशनका लागि आतिथ्यता शाखा रत्ननगर जेसीजले आफ्नो तयारीलाई तीब्र गतिमा अघि बढाएको छ ।
चितवनको रत्ननगमा हुने यस वर्षको महाधिवेशन नजिकिदै गएपछि यसको तयारीमा आतिथ्यता शाखाले तीव्र गतिका साथ आफ्नो कामलाई अघि बढाएको हो । यस अघि देशभरका शाखाहरुलाई क्षेत्रगत रुपमा भएको एरिया सम्मेलनमा चुले निम्तो गरेको रत्ननगरले अबका दिनमा आन्तरिक जुट्ने छ ।
रत्ननगरमा रहेको स्टार व्याङकुइटमा हुने महाधिवेशनका लागि पण्डाल बनाउने काम सुरु गरिएको छ । यसैगरी शाखाले रजिष्ट्रेशनको कामलाई पनि धमाधम गरिरहेको छ । महाधिवेशनको मुख्य पाटो भनेको नै आर्थिक रहेकाले आतिथ्यता शाखा आर्थिक संकलनमा पनि उत्तिकै जुटेको छ ।
सन २०१८ मा सिदार्थ महाधिवेशनमा बिट गर्दै ४६ औँ महाधिवेशन गर्ने जिम्मेवारी पाएको रत्ननगरले गर्ने यो महाधिवेशनलाई निकै चासोका साथ हेरिएको छ । यो महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । एक व्यक्ति, एक पद र एक वर्ष रहने जेसीजभित्र हरेक वर्षको महाधिवेशनमा नयाँ नेतृत्व चयन हुने गर्छ । जुन रत्ननगरले पनि नेपाल जेसीजलाई नयाँ नेतृत्व दिनेछ ।
पर्यटकीय नगरी चितवनमा हुने यस महाधिवेशनमा देशभरका करिब २ हजार जेसीजहरुको सहभागिता रहनेछ । साथै यस महाधिवेशनले पर्यटन वर्ष २०२० लाई समेत अझ धेरै टेवा दिनेछ ।
महाधिवेशनका लागि विभिन्न समिति निर्माण गरेर कामलाई तिव्रता दिइएको आथित्यता शाखा रत्ननगर जेसीजका अध्यक्ष सुभाष पोखरेलले बताउनु भयो ।
महाधिवेशनका लागि शाखाका पूर्व अध्यक्ष पुष्पराज जोशीलाई नेपाल जेसीजले निर्देशकको जिम्मेवारी दिइएको छ । पूर्व अध्यक्ष जोशीको नेतृत्वमा रहेको टिमले यस वर्षको महाधिवेशन सम्पन्न गर्नेछ ।